नेउवा संघ गण्डकी प्रदेश अध्यक्षमा सञ्जीवबहादुर कोइराला

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला दोस्रो कार्यकालका लागी समेत निर्वाचित भएका छन् । संघको शनिबार भएकाे अधिवेशनले काेइराललाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागी निर्वाचित गरेको हो।

संघको लागि अध्यक्ष पदमा भएको मतदानमा कोइरालले जिल्ला नगर, वस्तुगत गरी ४० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गरेका थिए ।

संघको उद्योग वणिज्यतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल, वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा उत्तमकुमार कर्माचार्य, धर्मराज बस्याल, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष कोइरालाले अघिल्लो कार्यकालको मुल्यांकन गरेर दोस्रो कार्यकालका लागी व्यवसायीहरुले आफुलाई विश्वास गरेको भन्दै उद्योगी व्यवसायीको पक्षमा सधैं आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 134 Viewed

प्रतिक्रिया दिनुहोस्