२२ औं पोखरा सडक महोत्सवबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन । तस्बिर : आश तमु/जनसञ्चार

आश तमु पोखरा – कोभिड १९ का कारण लामो समय बन्दाबन्दी पछि थला नै परेको पोखराको पर्यटन व्यवसायलाई उकास्न, पोखरा सुरक्षित र खुल्लै छ भने सन्देश फैलाउन यस बर्ष पनि विगत झै पोखरा सडक महोत्सवलाई निरन्तरता दिने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले यही पुस १५,१६ र १७ तीन दिन पोखराको लेकसाइडमा २२ औं संस्करणको महोत्सवलाई निरन्तरता दिदै पोखरा सुरक्षित र खुल्लै छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत रेबानले जनाएको छ ।

सडक महोत्सवका संयोजक बसन्त गौतमका अनुसार अघिल्लो वर्ष ५ दिन सम्म चल्ने सडक महोत्सव यस वर्ष भने तीन दिन मात्र चल्ने र पहिलैकै झै तडक भडक भने नहुने बताउछन । कोरोनाको कारण समयसीमा घटाएको र महोत्सव अबधिभर स्वास्थ्य मापदण्डलाई भने पुर्ण रुपमा पालना गरिने गौतमको भनाई छ ।

“यसपल्ट पनि लेकसाइडको हल्लनचोकदेखि बसुन्धरा पार्क सम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने छ । कोमागाने पार्कमा भने पहिलेजस्तो फान पार्क, लोकदोहोरी र राति लाइभ कन्सर्ट यसपल्ट हुने छैन । तीन किलोमिटर क्षेत्रलाई ३ बजेबाट १० बजेसम्म ‘नो भेइकल जोन’ बनाइने छ । उक्त क्षेत्रमा ३ स्थानमा स्टेज राखेर सांस्कृतिक कार्यक्रम हुने छन् । ठाउँठाउँमा कोभिड–१९ सम्बन्धी डिसप्ले बोर्ड राखिनेछन् । डुंगा दौड, टेनिस टुर्नामेन्ट, तारो हान्ने खेल, बिच भलिबल प्रतियोगिता महोत्सव अवधिमा हुने छन् । आतिसबाजीको लागि भने समन्वय भइरहेको उनले बताए ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सडक महोत्सवको लागी प्रशासनबाट अनुमति पाइसकेको बताए ।महोत्सवमा गतवर्ष झैँ लाखौँको संख्यामा पर्यटक आउने आशा आयोजकले लिएको छ ।

पोखराका धार्मिक एब पर्यटकीय क्षेत्रहरु पनि क्रमश खुल्ने तयारीमा

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले पोखराका बिभिन्न संघ सस्थाहरु आन्तरिक पर्यटन प्रवद्दन लागी जुटेको बताउदै केही दिनमै पोखराका धार्मिक एब पर्यटकीय क्षेत्रहरु पनि क्रमश खुल्ने तयारीमा जुटेको बताए । उनले पोखराको प्रसिद्द धार्मिक स्थल बाराही मन्दिर विहिवारबाट सबैको लागी खुल्ला गरिएको पनि जानकारी दिए ।

भट्टराईले व्यवसायीका लागि ल्याएको पुर्नकर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

भिडभाडले कोरोना जोखिम बढ्ने सम्भावना

रेवान पोखराले अङग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै कोरोना महामारी बीच गर्न लागेको सडक महोत्सवले थला परेको पर्यटन व्यवसायलाई राहत पुगे पनी कोरोनाको जोखिमलाई पनि झनै निम्ताएको हो की भन्ने चिन्ता पनि व्यक्त हुन थालेको छ । दिनहुँको सङ्ख्यामा कोरोना संक्रमित पोखरामा बढ्दै गरेको र मृत्युदर पनि उतिक्कै रहेको अवस्थामा आयोजकले महोत्सवमा आउने आगन्तुकलाई अपनाउने भएको स्वास्थ्य प्रोटोकोल कतिको लागु गर्ने र गराउने सम्भावना रहन्छ भन्ने प्रश्न यहाँ खडा हुन पुगेको छ ।

अघिल्लो वर्षको सडक महोत्सवमा पोखराका मात्र नभएर देशै भरीबाट पोखरामा भित्रिने आन्तरिक पर्यटनको सङ्ख्या पनि उल्लेखनीय रहेको अवस्थामा यस बर्षको महोत्सवमा उल्लेखनीय आन्तरिक पर्यटन भित्रिने आयोजकको बिश्वास छ । लकडाउनमा घरमै बस्न बाध्य भएकाहरु पनि नयाँ गन्तव्यको खोजी र पारिवारिक घुमघामको लागी निस्कने योजना रहेको अवस्थामा पोखराको सडक महोत्सव उपयुक्त गन्तव्य हुने हुदाँ महोत्सवमा भिडभाडले कोरोना जोखिम बढ्ने सम्भावना देखिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 325 Viewed

प्रतिक्रिया दिनुहोस्