संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्ट एकजना बिद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध संसदमा महाअभियोगको प्रस्ताब पारित गराएर चटपटे खान काठमाण्डौको रत्नपार्कमा पठाउने चेतावनी दिएका छन्।

जनता समाजवादी पार्टी समर्थित समाजवादी बिद्यार्थी युनियनका केंद्त्रीय उपाध्यक्ष नेत्र चपाईले राष्ट्रपति भण्डारीलाई त्यस्तो चेतावनी दिएका हुन्।

अध्यादेशको बिरोधमा जनता समाजवादी पार्टी जिल्ला समिति कास्कीले आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै बिद्यार्थी नेता चपाईले अब हुने आन्दोलनले भ्रस्टाचारमा लिप्त वर्तमान सरकारलाई सत्ताच्युत गर्ने बताउंदै त्यसपछि बन्ने जनता समाजवादी पार्टीको बहुमतको सरकारले महामारीबाट पिडित बनेका ब्यापारी, पत्रकार, किसान मजदुरको पक्षमा राहतका कार्यक्रम ल्याउने आस्वासन दिए।

सोही अवसरमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेका थिए। जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रम ओलीको पुत्लादहन गरेपछि प्रहरीले त्यो प्रयासलाई विफल पार्न खोजेको थियो। तर जनता समाजवादी पार्टीका नेता-कार्यकर्ताहरुलाई रोकेर पुत्लादहन गरि छाडेका थिए।

पोखराको महेन्द्रपुल भीमसेन चोकमा कोणसभा हुनुपूर्व चिप्लेढुंगा मानव अधिकार चोकदेखी बिरोध र्याली गरिएको थियो।

त्यस कोण सभामा जसपा केन्द्रीय सदस्य देवी सुवेदी, प्रदेश अध्यक्ष मोति रिजाल, देश उपाध्यक्ष दीपक तामाङ लगायतका नेताहरुले सरकारविरुद्ध भाषण गरेका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 246 Viewed

प्रतिक्रिया दिनुहोस्