Spread the love

युरोपेली फुटबलको उच्च निकाय युइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार सार्वजनिक गरेको छ ।

‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

साविक विजेता जर्मन क्लब वायर्न म्युनिखले इटालियन क्लब लाजियोको सामना गर्नेछ । इङ्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टाको सामना गर्दा इङ्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बेरुसिया मोन्चेग्लावाचसँग खेल्नेछ ।

जर्मन क्लब बेरुसिया डर्टमन्ड र स्पेनिस क्लब सेभिल्ला आमने सामने हुनेछन् भने इङ्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिङको सामना गर्नेछ ।

इटालियन क्लब युभेन्टसले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पाएको छ । उसले पोचुगिज क्लब पोर्टोसँग खेल्नेछ ।

अन्तिम १६ का खेलहरू फेब्रुवरी अन्तिम साताबाट सुरु हुनेछन् । एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 38 Viewed

प्रतिक्रिया दिनुहोस्