जागेंद्र पुन'जगत'

राज्यका संयन्त्रहरु अति कठोर र गैर जिम्मेवार बन्दा विद्रोही ने.क.पा.ले गठन गरेको मयाग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’ अस्पतालको सैय्यामा भेन्टीलेतारको सहयोगमा स्वास फेर्दै जीवन मरणको दोसाँधमा मृत्युसंग लडिरहेका छन्।

तीन दिन अघो उच्च रक्ताचाप्काकारण बेहोश भै पर्वत जिल्ला कारागारमा लडेको भनिएका नेता जगतलाई प्रहरी प्रशासनले तत्काल नजिकैको अस्पताल लैजानु पर्ने थियो। तर उसले अस्पताल लगेन। दिउँसो दुई बजे बेहोश भै ढलेको भनिएका जनसरकार प्रमुख जगतलाई प्रहरीले अड्डासारक नाममा राती करीब साढे ८ बजे कास्की जिल्ला कारागार पुर्यायो। तर अति सिकिस्त अवस्थामा रहेका बिरामीलाई कास्की जिल्ला कारागारले बुझ्न नमानेपछि पर्वतको कुश्माबाट नेता जगतलाई बुझेर पोखरा लिई आएका दुई जना सादा पोशाकका प्रहरीहरु आत्तिए। त्यसपछि खैलाबैला भयो र अन्त्यमा ती प्रहरीले उनलाई उपचारका लागि राती नौ बजे साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याए।

अस्पताल पुगेपछि पनि नेता पुनको उपचार सहजै गरिएन। उनको रक्तचाप नाप्दा अधिकतम २२० थियो। ड्युटीमा रहेका डाक्टरले नेता पुनको टाउकोको सिटिस्क्यान गर्नुपर्ने बताए। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिटिस्क्यान बिग्रेकाकारण ड्युटीमा रहेका प्रहरीहरु अक्क न बक्क भए। त्यो राती उपचारका लागि भनेर पैसा दिएका छैनन्। निजि अस्पतालमा पैसा बिना सिटिस्क्यान गरिदिन्नन। प्रहरीहरुले जुक्ति लगाएर राती दुई बजे गण्डकी मेडिकल कलेजमा लगेर सिटिस्क्यान गरेर ल्याए पनि। त्यसपछि मात्र नेता पुनलाई आईसियुमा लगेर भेन्टीलेटरमा राखी उपचार शुरु गरियो। त्यति बेलासम्म नेता पुनको उपचारमा ढिलाई भैसकेको थियो। उनको देब्रे हर नचल्ने भैसकेको थियो भने उनी अचेत थिए।

आफ्नो अङ्कल बेहोश भएको कुरा भोलिपल्ट थाहा पाएका दिल बहादुर पुनलाई प्रहरी प्रशासनबाट खबर पुग्यो,’नेता पुन बिरामी हुनुहुन्छ। पोखरा लागेका छौं. बिस्तारै आए हुन्छ। भोलिपल्ट बेलुका राती आठ बजेतिर बिरामी भेट्न आएका आफन्तले पोखरा स्वास्थ्य विज्ञानको आईसियु कक्षको ढोकामा पुगेर नेता पुनको अवस्था बारे सोधखोज गरे। तर त्याहांका स्वास्थ्यकर्मीले ढोकामा भएको ‘बिरामी सुची हेर्नुस न ‘ थाहा हुन्छ भनेर झद्किए। आफन्त बिरामी पुन कता छन् भन्दै खोज्दै वार्ड वार्ड घुमिरहे। केही सीप नलागेपछि फेरी आईसियु अगाडी पुगे। त्यहाँ उभिएका दुई जना मानिसलाई सोधे,”भाइ तपाइहरु पर्वतबाट आउनु भएको हो ?”

आखिर उनीहरु तिने नेता जगेन्द्र पुनलाई उपचारका लागि पोखरा ल्याउने सादा पोशाकका प्रहरीहरु रहेछन्। उनीहरुले आइसीयु वार्डमा नौ उपचार भैरहेको भन्दै बिरामीलाई देखाइदिए। उनीहरु मध्येका एक भित्र पसेर बिरामीलाई हेर्दा बिरामी बोल्न सक्ने अवस्थामा थिएनन र अक्सिजन दिएको थियो। डाक्टरहरुसंग बुझ्दा ‘बिरामीको अवस्था अत्यन्त नाजुक अवस्थामा छ ” भन्ने आयो।

आइस्यु वार्डभित्र बिरामीको उपचार अति चिन्ताजनक अवस्थामा उपचार भैरहेको छ। तर शोकामा टाँसीएको बिरामीको सूचीमा उनको नाम थिएन। बिद्रोही ने,क,पा,को नेता भएको कारण प्रहरी प्रशासनको दबाबमा अस्पताल प्रशासनले समेत हेल्चेक्र्याइ गरेको देखे उनका आफन्तले।

त्यसपछि आक्रोशित आफन्तले बाहिर निस्किएर उपचारमा बेवास्ता गरिएको, ढिलाई भएको भन्दै होहल्ला गर्न थाले। उनीहरुभोहल्ला गर्न थालेपछि सादा पोशाकका प्रहरीहरु त्यहाँबाट कुलेलम ठोके। म्याग्दीको अति बिकट गाउँ मालिका गाउपालिकाको वडा नम्बर ५ बाट बढो दु:ख गरेर आएका उनका आफन्तले सोधीखोजी र गुगलमा खोजेरै भए पनि ठुला ठुला मिडियाका पत्रकारहरुलाई खबर गरे। तर सबैको एउटै जवाफ थियो, “पहिला उपचार गर्नुस। ” उनीहरुले पत्रकारहरुको बाटो हेरिबसे कोही आएनन। यता बिरामी कृत्रिम स्वासप्रस्वास गराएर जीवित राखेको छ।

त्यसो त म्याग्दी जिल्लामा सादा जीवन उच्च विचारका धनी नेता जागेंद्र पुनलाई अहिले मात्र प्रहरी प्रशासनले अहिले मात्र दु:ख दिएको भने हैन। उनलाई उनी समेतका व्यक्तिहरुलाई प्रहरीले शुरुमा करीब छ नहिना अघि गु हत्याको आरोपमा गिरफ्तार गरेको थियो। त्यति बेला उनलाई अदालतले पचास हजार रुपियाँ धरौटी माग गर्यो। जसोतसो गरेर धरौटी बुझाएर साधारण तारेखमा छुटे।

साधारण तारेखमा छुटेका उनी दुई पटक तारेख धान्न पनि गए , तर त्यसपछि उनले तारेखमा जाने झन्झट त्यागिदिए। तैपनि उनले तारेख धान्ने पर्ने फेरी महशुस गरे र फेरी तारेख लिन जादा पक्राउ परे र उनलाई प्रहरीले अभद्र ब्यबहार मुद्दा लगायो। अन्तमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक लाख रुपियाँ दरौतीमा छाड्ने आदेश दियो।

उनीसंग त्यति ठुलो रकम हुने कुरै थिएन। पार्टीले पनि वास्ता गरेन। आफु हिरासतमुक्त हुने आशामा उनले आफ्नो गाउँको घरको लालपुर्जा ल्याएर धन जमानत राखे र छुटे पनि। तर प्रहरीले प्रशासनको गेटबाटै फेरी गिरफ्तार गर्यो र पर्वत पठायो।

जिल्ला

अन्तिम पटक अध्यावधिक गरिएको 1066 Viewed

प्रतिक्रिया दिनुहोस्