file pic
तनहुँ आबुँखैरेनि गाउँपालिका ५ छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चन्द्र बहादुर गुरुङको घरमा अचानक आगोलागि हुनासाथ प्रहरी  टोलि खटिगई स्थानियको सहयोग आगो नियन्त्रणमा लिएको थियो ।

आगालागी बाट मानविय,चौपाया क्षती भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीमा १ तोला सुन,नगद रु।४०,००० हजार र अन्नपात ,लत्ताकपडा,भाडा गरी जम्मा सात लाख पचास हजार बराबरको क्षती भएको जनाएको छ  ।

अन्तिम पटक अध्यावधिक गरिएको 43 Viewed

प्रतिक्रिया दिनुहोस्