मोरङको सुनवर्षीबाट हतियार सहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल पनि फेला परेको छ ।

सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल झुँगी चोकबाट पक्राउ परेको पुष्टि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गरे । शुक्रबार दिउँसो पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको जानकारी राईले दिए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेका हुन् । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले खवर गर्ने वित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको जानकारी उनले दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 43 Viewed

प्रतिक्रिया दिनुहोस्