हमलाला जीप दुर्घटना

हुम्लामा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ ।

शुक्रबार राति ११ बजे सिमकोट गाउापालिका–७ डाडाफया नजिकैको भीरमा लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिमकोट गाउापालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर–२ का २९ वर्षीय पारस बोहोरा, नाम्खा गाउापालिका–१ का ४५ वर्षीय दुकी तामाङ र ४८ वषीर्य गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी सिताराम बिष्टले बताए ।

घटनास्थलबाट मृतक सबैको शव सिमकोट ल्याइएको छ ।

घाइतेमध्ये कवि सिंहलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको र अन्य ६ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 56 Viewed

प्रतिक्रिया दिनुहोस्