श्रीमतीको मृत्यु भए पछि राष्ट्रिय अनुसन्धान बिभाग पर्वतमा कार्यरत एक सिआईडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अभियुक्त पोखरा महानगरपालिका वडा ३२ सातमुहाने स्थायी घर भएका सिआईडी अनन्त बिजय पण्डित रहेका छन। उनीबिरुध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरिरहेको छ।

सिआईडी पण्डितकी श्रीमती ४६ दिने सुत्केरी २३ वर्षीय देवी बास्तोला पण्डितले गएको मंसिर १६ गते मंगलवार विष सेवन गरेकीमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्वर्गीय देवीका आफन्तजनले देवीलाई उनका परिवारका सदस्यहरुबाट बारम्बार दाइजोको बिषयलाई लिएर मानसिक तनाव दिदै आएको आरोप लगाएका छन ।

बारम्बार छोरीलाई दाइजोको विषयमा र फेसबुकमा अन्य सँग बोलेको भन्दै मानसिक तनाव दिएर आत्महत्या गर्न दुस्साहन गरेको भन्दै माइती पक्षले श्रीमान अनन्त बिजय पण्डित विरुद्द किटानी जाहेरी दिएका छन ।

माइती पक्षका अनुसार करिव दुई वर्ष अघि पोखरा ३२ सातमुहानेका अनन्त राज पण्डित सँग मागि विवाह गरेका देवी बास्तोलाले मागी विवाह गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 5305 Viewed

प्रतिक्रिया दिनुहोस्