भेलेरी गिसकार्ड डिएस्टेङ्ग

फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण निधन भएको छ ।

९४ वर्षका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनी युरोपेली संघका प्रमुख संस्थापक समेत भए । उनलाई युरोपेली देशलाई एकजुट बनाउन योगदान पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 99 Viewed

प्रतिक्रिया दिनुहोस्