ट्राफिक प्रहरीलाई घुस दिने एक जना मोटरसाइकल चालक काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्कको नेपालटारबाट बा ७४ प ९३१३ नम्बरको मोटरसाइकलका चालक हेटौँडाका रुपलाल सुनारलाई ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा पक्राउ परेका हुन्\ .

उनले काठमाण्डौको नयाँ बसपार्कको नेपालटारमा चेक जांच गरिरहेका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोजेको आरोप प्रहरीले लगाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार, हिजो जाँड रक्सी खाएर मोटरसाइकल चलाएका सुनारले सुरक्षा जाँचमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ गरी कारबाहीका लागि महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क बुझाईएको महाशाखाले जनाएको छ

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्