
सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको भन्दै त्यस प्रतिबेदनलाई अस्वीकार गर्ने घोषणा गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले वक्तव्य जारी गर्दै सरकारविरुद्ध रहेका, सरकारको प्रगति नचाहने, सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको दाबी गर्दै सरकारले त्यो प्रतिबेदन असीकार गर्ने घोषणा गरेको जानकारी दिएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।