आइतवार कास्कीमा ४९ जनामा सँगै गण्डकी प्रदेश भरी थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले पहिलो र दोस्रो विज्ञप्ती जारी गर्दै कास्कीमा पहिलो विज्ञप्तीमा ३४ र दोस्रोमा १५ गरी पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा गोरखा जिल्ला आरुघाटका ५ पुरुष, सिरानचोकका १ पुरुष, गोरखा नगरपालिका वडा नखुलेका ६ पुरुष तथा ३ महिला, भीमसेन गाउँपालिकाका १ पुरुष तथा २ महिला लमजुङ बेँसीशहरका २ महिला, नवलपुर कावासोतीका १ पुरुष तथा १ महिला, मध्यबिन्दु नगरपालिकाका १ पुरुष तथा १ महिला, हुप्सेकोटका १ महिला, देवचुलीका ३ पुरुष तथा ४ महिला, रहेका छन् ।

पर्वत जिल्ला कुश्माका १ पुरुष तथा १ महिला, तनहुँ जिल्ला व्यासका १ पुरुष, म्याग्देका १ महिला, आँबुखैरेनीका १ पुरुष, शुक्लागण्डकीका ४ पुरुष तथा ३ महिला, स्याङ्जा पुतलीबजारका १ पुरुष तथा १ महिला रहेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 168 Viewed

प्रतिक्रिया दिनुहोस्