सोमनाथ प्यासी

प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, उनकी धर्मपत्नी र सुरक्षा गार्ड समेतलाई कोरोना संक्रमण भएको छ । तिहार मनाउन पोखरा आएका प्रदेश प्रमुख प्यासीसहित्का टोली काठमाडौं हुँदै विराटनगर फर्के लगत्तै उनलाई कोरोना संक्रमण भएको हो ।

तिहार मनाएर पोखराबाट मंसिर ८ गते काठमाडौं गएका प्रदेश प्रमुख प्यासी ११ गते काठमाडौंबाट विराटनगर पुगेका थिए । प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपनि लामो यात्रामा रहेकाकारण परिक्षणका लागिशुक्रबार स्वाब दिइएकोमा कोरोना संक्रमण पोजिटिभ देखिएको प्रदेश प्रमुख अधिकारीका स्वकीय सचिव खिमलाल अधिकारीले जानकारी दिए।

स्वकीय सचिव खिमलाल अधिकारीका अनुसार, पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर घर भएका प्रदेश प्रमुख प्यासीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।र प्यासी अहिले विराटनगरस्थित प्रदेश प्रमुखको निवासमा होम आईसोलेसनमा रहेका छन् ।

प्रदेश प्रमुख प्यासीसँगै उनकी श्रीमती जानुका अधिकारी र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार भरत राजवंशीलाईपनि कोरोना संक्रमण भएको स्वकीय सचिव खिमलाल अधिकारीले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 284 Viewed

प्रतिक्रिया दिनुहोस्