कोरोनाले तीन जनाको मृत्यु
Spread the love

एकैदिन पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत चार जनाको कोरोना संक्रमणबाटशनिबार मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमित भै गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत दुई जना तथा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालका एक-एक जनाको शनिबार मृत्यु भएको हो।

गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षीय पुरुष र वडा नम्बर १० का ६९ वर्षीय पुरुषको आज कोरोना संक्रमणका कारण मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ। त्यस्तै मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी तनहुँ जिल्लाको रिसिंग गाउपालिका वडा नम्बर ८ की ७८ वर्षीय बृद्धा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङको मध्य्नेपाल नगरपालिका वडा नम्बर ६ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। आजसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणकाकारण एकसय ५२ जनाको मृत्यु भैसकेको पनि निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

अन्तिम पटक अध्यावधिक गरिएको 1004 Viewed

प्रतिक्रिया दिनुहोस्