केशब भुजेल

पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित जाल्पारोडमा बेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एक खाजाघरका संचालकलाई पक्राउ गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्त काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं.०३ स्थाई घर भई हाल पोखरा महानगरपालिका वडा नं.९ जाल्पारोडमा खाजा घर संचालन गरि बस्ने बर्ष ३४ को केशव भुजेल रहेका छन्।

उनीविरुद्ध प्रहरीले मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत दिन १०
(दश) म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, अभियुक्त भुजेलले युवतीहरुलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर पोखरा ल्याउने एक-दुई दिन पछि खाजा घरमा आउने व्यक्तिहरुसंग पैसा लिई डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने अन्यत्र होटलहरुमा समेत जबरजस्ती पठाई यौन शोषण गर्ने गराउने गरेको आरोप प्रहरीले खाजा घर संचालक भुजेललाई लगाएको छ।

भुजेललाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलाय कास्कीले पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको बताइएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 1450 Viewed

प्रतिक्रिया दिनुहोस्