
कास्की जिल्लाको पोखरा महानगरपालिकामा बाबुद्दारा नावालिका छोरी बलात्कृत भएको घटना सेलाउन नपाउदै ७१ वर्षकी वृद्धा बलात्कृत भएकी छन ।
मंसिर ९ गते मगलवार राती ११ बजेको समयमा सुति रहेको अवस्थामा पोखरा १९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीले एकल वृद्धालाई मौका छोपी जबरजस्ती गरेका हुन । जवरजस्ती गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको छ ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।