स्वागत नेपाल, संयोजक, स्वतन्त्र रास्ट्रिय अभियान नेपाल

भूटान र तिब्बत बाहेक पनि सबै देशबाट नेपाल आउने विदेशीहरुलाई शरणार्थीको मान्यता दिनु पर्ने व्यवस्था अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राख्न नेकपाका राष्ट्रियसभाका सांसदहरू ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौड्याल, सिंहबहादुर विश्वकर्मा, नन्दा चपाईं, खिमकुमार विश्वकर्मा, चक्र स्नेही र कोमल ओलीले प्रस्ताव गरेका छन् ।

यो प्रस्ताव विदेशी नेपालका सत्रुराष्ट्रहरुको एजेण्टको रुपमा उनीहरुले गरेका छन् । यो प्रस्ताव नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय नीति विपरित छ । नेपालले सबै देशबाट नेपाल आई भिसा सकिएर पनि शरणार्थीको रुपमा आफैं दावी गरी बसेपछि नेपालले फेरि हटाउन सक्दैन ।

खुला सीमाको फाइदा विदेशीलाई हुने गरी उनीहरुले विदेशीको स्वार्थ अनुसार यो प्रस्ताव गरेका छन् । नेपालका दुईतर्फकै सँधियार चीन र इण्डियाले अन्तराष्ट्रिय शरणार्थी सम्बन्धी महासन्धी १९५१ अनुमोदन गरेका छैनन् । हामीले मात्र सबै विदेशीलाई शरणार्थीको मान्यता दिनु जरुरी छैन ।

अन्तराष्ट्रिय मानव अधिकार कानुन बमोजिम शरणार्थीको मान्यता दिएपछि राजनीतिक अधिकार बाहेक रोजगारीको र सामाजिक सुरक्षाको हक समेत दिनु पर्ने हुन्छ, राजनीतिक अधिकार मात्र नहुने हो । त्यो भार खुला सीमाको कारण हामीले सहन सक्दैनौं । सबै देशलाई अन अराइभल भिसा समेत बन्द गर्नुपर्छ । नेपालबाट सबै विदेशी आइएनजिओ समेत लखेट्नुपर्छ ।

मानवीय रुपमा त हामीले २०१९ सालदेखि तिब्बती शरणार्थी र २०४६ देखि नै भूटानी शरणार्थीहरुलाई पनि शरण दिएकै छौं । खुला सीमाकै कारण इण्डियाको बाटो भएर नेपाल आएका भूटानी शरणार्थीलाई इण्डियाको बाटो भएर भूटान फर्कन समेत दिएन । इण्डियाको त्यो हकर्त आफू आएको बाटो प्रयोग गरी स्वदेश फर्कन पाउने अन्तराष्ट्रिय अधिकार (राइट टु रिपाट्रिएसन) विरुद्ध थियो ।

नेपालमा इण्डियाले भोलि अरु देशका शरणार्थी नेपालमा पसाइदिएर २०४७ मा जस्तै नेपाललाई अप्ठेरो पार्न सक्ने कुराको यी सांसदहरु सहयोगी बनेका छन् । यसको घोर भत्र्सना र निन्दा गरौं । भूटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनमा म समेत शरणार्थी साथीहरुसँग शान्ति पदयात्रामा इण्डियाको बाटो भएर भूटानतर्फ प्रवेश गर्न खोज्दा पत्रकार र मानवअधिकारकर्मीको रुपमा सहयोग गर्दै भूटान छिर्ने बेला ठूलो समूहमा इण्डियामै पक्राउ गरिएको यतिबेला सम्झना आइरहेको छ । भोलि अप्ठेरो आउनुभन्दा आजै सचेत बन्न जरुरी छ । सबैले सचेत रुपमा विरोध जनाऔं ।

अन्तिम पटक अध्यावधिक गरिएको 486 Viewed

प्रतिक्रिया दिनुहोस्