
महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीय बासिन्दाले आगो लगाएर ध्वस्त पारिदिएका छन्।
।
मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा आगो लगाएका थिए । आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई समेत स्थानीय बासिन्दाले रोकेका थिए ।

किराना पसल समेत रहेको उक्त घर आगलागीबाट ध्वस्त भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको छ । गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीको गोली लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन् ।
न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन् । न्यौपाानेको उपचार बर्दिबासमा हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ ।
यसअघि पनि स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । तर पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । यो पनि हराएकी ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, एक पक्राउ आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो ।
पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।