गोरखा नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ६५ पुगेपछि गोरखा नगरपालिकाका सबै विद्यालय फेरी मंसिर १५ गतेसम्म बन्द रगरिएको छ ।

नगरपालिकाको अनुमतिमा प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दशैं पछि खुलेका गोरखा नगरपालिकाभित्रका बिद्यालयहरु मध्येका सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण पुष्टि भएपछी यस अघि कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गरेको थियो।

त्यसपछि पनि नगरपालिकाभित्र कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि नगरपालिकाले मंसिर १५ गतेसम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय गरेको छ। । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्न भनेको छ । रिपोर्ट नआउँदै समुदाय स्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासो आएकाले बाहिर समुदायमा ननिस्कन आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

नगर क्षेत्रमा ४९ वटा सामुदायिक, १८ संस्थागत र १० वटा धार्मिक विद्यालय छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 132 Viewed

प्रतिक्रिया दिनुहोस्