ई. लेख बहादुर गुरुङ

पोखराको शिक्षा तथा सञ्चार क्षेत्रका उज्ज्वल नक्षत्र सामाजिक व्यक्तित्व ई. लेख बहादुर गुरुङको निधन भएको छ ।

कात्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भइ काठमाडौं ग्रान्डी अस्पतालमा उपचाररत रहेका गुरुङको शनिबार दिउसो करिब २ बजे निधन भएको हो ।

गुरुङ हाल पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल हुन् भने उनको नेतृत्वमा पोखरामा स्थापित हिमचुली एफएम पनि अझै पोखरामा प्रशारण भैरहेको छ।

उनको असामयिक निधनप्रति कलेज परिवारले दुःख व्यक्त गरेको छ । कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘उहाँको देहावसानले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पु¥यएको छ । हामी उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’

अन्तिम पटक अध्यावधिक गरिएको 426 Viewed

प्रतिक्रिया दिनुहोस्