सुरेन्द्र पाण्डे

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलेलाई आफ्नै कार्यकर्ताले आफ्नै घर नजिकैका कार्यकर्ताले लखेटेका छन् ।
चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पाण्डेलाई पार्टीको राप्ती नगरपालिका कमिटीले वीरेन्द्र नगरस्थित आफ्नै निवास छेउमा आयोजना गरेको कार्यक्रमबाट आफ्नै कार्यकर्ताले आज लखेटेका हुन् ।

नेता सुरेन्द्र पाण्डे बिरुद्ध नाराबाजी गर्दै कार्यकर्ता

विकास निर्माण तथा सांसद विकास कोषको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा नेता पाण्डेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली विरुद्ध तथानाम गाली गर्न लागेपछि स्थानीय कार्यकर्ताहरुले उनलाई लखेटेको प्राप्त समाचारमा जनाइएको छ ।

पाण्डेबिरुद्ध साविक युवा संघ चितवनका नेताहरु क.केदार आचार्य र तार्केश्वरनाथ सिंह तथा अनेरास्ववियु चितवनका नेताहरु सुरज थपलिया र प्रकाश कालाखेती लगायतका युवा-विध्यार्थीहरुले नारावाजी गर्दै लखेटेका बताइएको छ ।
नेता पाण्डेले आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री केपी ओलीलाई जननेता मदन भण्डारीसँग आफूले चिनाइदिएको, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको जिकिर गर्दै प्रम ओलीले सत्ताको दुरुपयोग गरेर व्यापक भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाएका थिए ।
उनको भाषण सुनिरहेका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाएको भन्दै कार्यक्रमस्थलबाट बोल्नै नदिई लखेटेको प्राप्त समाचारमा जनाइएको छ ।
आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अवस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेको नाम उल्लेख गर्न नचाहने सर्तमा एक सहभागि कार्यकर्ताले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 3515 Viewed

प्रतिक्रिया दिनुहोस्