बिप्लव

प्रहरीले शुक्रबार मध्यराती काठमाण्डौको कोटेश्वरबाट बिद्रोही ने.क.पा. समर्थित अखिल (क्रान्तिकारी) का तीन जना बिद्यार्थी नेतालाई कर्यापझ्याप पारेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई कर्यापझ्याप पारेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गिरफ्तारीमा परेका बिद्यार्थी नेताहरु सुबाश महत र मेगेंद्र न्यौपाने

यसैबीच अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति काठमाण्डौले एक प्रेस बिज्ञप्ति प्रकाश गरी पक्राउ परेका मध्ये दुई जना आफ्ना कार्यकर्ता भएको जानकारी दिंदै तत्काल रिहा गर्न माग गरेको छ।

अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति काठमाण्डौकी अध्यक्ष तारा सन्ज्यालले जारी गरेको बिज्ञप्तिमा क्याम्पस जिल्ला समिती सदस्य तथा पशुपति वहुमुखि क्याम्पस चावहिलका नेता सुवास महत र मेगेन्द्र न्यौपानेलाई प्रहरीले वानेश्वरबाट गिरफ्तार गरेको जानकारी दिइएको छ। उनले उक्त गिरफ्तारीको घोर विरोध तथा भत्सर्ना गर्दै अविलम्व सार्वजनिक र रिहाईको जोडदार माग सोही विज्ञप्तिमार्फत गरिएको छ।

अखिल (क्रान्तिकारी) काठमाण्डौद्वारा जारी बिज्ञप्ति
अन्तिम पटक अध्यावधिक गरिएको 280 Viewed

प्रतिक्रिया दिनुहोस्