स्याङ्जामा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ बिसौना बस्ने २५ वर्षीय ख्यामबहादुर विक लगायत छन्।

उनीहरूको साथबाट प्रहरीले करिब दुई किलो लागूऔषध गाँजा बुधबार साँझ बरामद गरेको छ।

विकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।

file pic

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्