जीवन पोख्रेल'कन्चन'

सम्माननिय प्रधानमन्त्री
के पि शर्मा ओलि ज्यु

म तपाईको पार्टिको भोटर समाजले पत्याएको अनि नेताहरुले न पत्याएको मान्छे । त्यही नेतालाई आफ्नो भबिस्य ठान्ने गर्दछु । यो १२ बर्सको अन्तरालमा मैले जति राजनिती बुझे तपाईले त्यो भन्दा बढी बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाईहरुले भोगे जति सायद हामिले भोग्न नपाईएला । तपाइको राजनितिक जिबनलाई म सम्मान गर्छु ।

हामी जुन उत्साह बोकेर स्थायी सरकारको पक्षमा उभियौ र नेकपालाई अत्याधिक बहुमत दिएर तपाईं सरकारको प्रमुख हुनुहुन्छ । हामिले चुनाब जित्नैका लागी गरिएका बाचाहरु त्यतिबेला अत्यान्तै सस्ता भए । अब बिस्तारै महङो हुँदै गैरहेको छ । हामिले पहिलाका सरकारका पालाका जनमुखी कार्यक्रमलाई निरन्तरता दिन सकेनौ । त्यो नै हाम्रो दुर्भाग्य साबित भएको छ ।

चुनाबताका भोटका लागी बाँढिएका युवा रोजगार र बिदेश पलायन रोक्ने जस्ता कार्यक्रम ठिक उल्टा हुँदै गै रहेका छन । खै उध्योग खोल्नु भएको ? खै नया नया बिकासका योजना ? रेल त सपनाको राजकुमार जस्तो भयो अनि पानी जहाज ? हामिलाई रेल, जहाज चाहिएको थिएन काम चाहिएको थियो । स्वास्थ सिक्षा स्वास्थ्य चाहिएको थियो ।

म त स्वदेशमै केही रोजगार गर्न चाहन्थे । यतै बेल्चा हान्न परे पनि तयार थिए । खै मेरो देशले पत्याएन ? अहिले परदेशी भुमिमा कोरोनाको जीवनमरणको लडाई जितेर भाडा माझेर बसेको छु । तर पनि सुर्यमा भोट हाल्नको लागि आउदो चुनाबमा नेपाल फर्कने तयारी गर्दै छु । भाडा माज्दा कुहिएका हातले भोट हालेर फेरि पनि तपाईहरुलाई सांसद, मन्त्री, प्रधानमन्त्री बनाउने इच्छा अझै पनि जिउदै छ ।

हामीले नै बिदेशमा बगाएको पसिनाबाट तप्प तप्प चुहिएको रेमिट्यान्सको महासागरमा खुलमखुला भ्रष्टाचार अनि तिनिहरुको संरक्षक मेरो देशको प्रधानमन्त्री, मलाई यस्ता कुरा सम्झिदा नेपालको नागरिक हु भन्न सर्म लाग्न थालेको छ ।

आफ्नो घरको चुलोमा आगो बाल्न र बाआमालाई चामलको भात खुवाउनलाई बिदेशका गल्ली गल्लिमा पसिना बगाउने जवानहरुका आसालाई अपहरण गर्न तपाईंहरु सकृय भएको देख्दा कहिलेकाहीँ यी भोट हाल्ने हात ढुङा माथी राखेर थिचिदिउ जस्तो लाग्छ ।

आआफ्ना गाउँ घरबस्तिहरुमा मोटर बाटाहरुत पुगे होलान । तर खै न्याय सुरक्षाको ग्यारेन्टी ? दिनहु नारीहरु बलत्कार खै रोक्न सकेको ? जनजिबिकाका कार्यक्रम ? खै नया उध्योग ? खै रोजगार ? अनि समाजबादी ब्यबस्थामा जाने हाम्रो महान यात्रामा छौ कि कुन बाटोमा हिडिरहेका छौ ?

अनि नाकाबन्दिमा पलाएको देशप्रेम खै अहिले ? दिनभर सोझा साझा जनतालाई मिठा मिठा सपना बाड्ने रातभर देश र जनता बिरुद्ध सम्झौता गर्ने तपाईलाई अब कसरि पत्याउने हामिले ? अति भयो प्रधानमन्त्री ज्यु !

म बिश्वकै सुन्दर देशमा जन्मेको युवा हु मेरो मातृभुमी प्रति कुनै गुनासो छैन । तर मेरो मातृभुमिलाई छिया छिया बनाईरहेको देखिरहदा मन कसरी सम्हालु ?

आफ्नो देश र जनतालाई सम्बृद्ध बनाउने जिम्बेवारी सरकार प्रमुख को हैन र ? काम पनि केही गर्न नसक्ने, पद छोड्न परे कुर्ची भाच्छु भन्दै हिड्ने । पार्टी फुटाउछु भन्न्ने कु गर्छु भन्ने, यो धम्किले नेपाली जनता डराउलान प्रमज्यु ? जनताकै बलमा फेरिएको ब्यबस्था हैन यो ?
सहयोद्दा हरु माथी पदकै लागि दिएका धम्की, घुर्कीले प्रस्ट पारेको छ तपाईको नियतलाई । जनताकोस्तर बदल्नु छ भने पहिला आफुलाई बदल्नुस । जनताले कसरी बुझेका होलान यता पनि ध्यान दिने हो कि ? मदन भण्डारि, राजा बिरेन्द्र र प्रचण्ड हरु सहज तरिकाले बाच्न सक्ने ठाउनरहेछ तपाईले चलाएको सत्तामा !

कार्यकारी अध्यक्षले पार्टी सचिबालय बैठक बोलाउदा विभिन्न बाहना पारेर बैठकमा उपस्थित नहुने उल्टै पार्टी बैठक को खिलाफ मन्त्री परिसद बैठक बोलाउने । पार्टी बिपरित गतिबिधी गर्ने तपाईलाई कुन बिधानमा अधिकार दिइएको छ ? न सरकार चलाउन सक्ने न पार्टी चलाउन सक्ने तपाईं माहारोगिको सिकार ३ करोड जनता भएका छन । देश र जनताको लागि बाचेको हु भन्दै भासण गरेको याद आउछकी आउदैन तपाईलाई ? खै बुझेको खै महसुस गरेको ? खै जनतालैइ बिस्वस्त बनाउन सकेको ? अति भयो प्रधानमन्त्री ज्यु देश र जनताका लागि आराम गर्नुस तपाईं यसैमा भलो छ तपाईको । धन्यबाद !

जीवन पोखरेल कन्चन
टोकियो जापान

अन्तिम पटक अध्यावधिक गरिएको 1040 Viewed

प्रतिक्रिया दिनुहोस्