नाना पाटेकर

सन् २०१८ मा बलिउड अभिनेतृ तनुश्री दत्तालाई यौन शोषण गरेको आरोप लागे पछि बलिउडबाट हराएका अभिनेता नाना पाटेकर पुनः काममा फर्किएका छन् । पाटेकर फिरोज नाडियावालाद्वारा निर्देशित ‘वेभ सिरिज’मा देखिने छन् ।

सन् २००८ मा ‘हर्न ओके प्लिज’ सिनेमा सुटिङ भइरहेको वेला अभिनेता नाना पाटेकरले गलत आसयले आफूलाई छुने कोसिस गरेको आरोप अभिनेतृ तनुश्री दत्ताले लगाएकी थिइन् । उनको आरोपकै कारण नाना पाटेकरले ‘हाउसफुल ३’सहित केही सिनेमा गुमाउनुपरेको थियो ।

पाटेकरविरुद्ध मुम्बई पुलिसले मुद्दासमेत दर्ता गरेको थियो । तर, सन् २०१९ मा उनले सफाइ पाएका थिए ।

नाना पाटेकर पुनः बलिउडमा फर्किएपछि अभिनेतृ तनुश्रीले चिन्ता व्यक्त गरेकी छिन् । उनले एक वेबसाइटसँगको कुराकानीमा भनेकी छिन्, ‘ममाथि यौन शोषण गर्ने, मेरो परिवारमाथि आक्रमण गर्ने, मेरो घरमा गुण्डा पठाउने, गुण्डागर्दीमार्फत मलाई बलिउडबाटै किनारा लगाउने व्यक्ति दुई वर्षसम्म मैले न्याय पाउन गरेको लडाइँका बाबजुत पुनः काममा फर्किएको छ । उनीहरूलाई नै ठूला प्रोड्युसर मिल्छन् ।’

अन्तिम पटक अध्यावधिक गरिएको 176 Viewed

प्रतिक्रिया दिनुहोस्