जिल्ला अदालत डोटी

छात्रालाई बलात्कार गरेर गर्भवतीसमेत बनाएको आरोप लागेका डोटीका एक शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।

केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई वलात्कार गरी गर्भवती बनाएको आरोप लागेका गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टलाई अदालतले धरौटीमा छाडेको हो।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्ले

जिल्ला न्यायाधीश काफ्लेले ‘प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी खुट्टा खुम्च्याएर हिंड्ने शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको’ उल्लेख गरेका छन् । तर जिल्ला न्यायाधिश काफ्लेको आदेश प्रति असहमति जनाउदै जिल्ला सरकारी वकिलको कार्यालय डोटीले उच्च अदालतमा पुनराबेदन गरेको छ।

सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले मुलुकी फौजदारी संहिता २०७४ अनुसार भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था गरेको भए पनि जिल्ला अदालतले धरौटीमा छाडेको भन्दै असहमति जनाएर उच्च अदालतमा पुनराबेदन गरिएको जानकारी दिए।

कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । ‘अदालतप्रतिको विश्वास नै गुम्यो,’ किशोरीका काकाले भने, ‘एकातिर गर्दै नगरेको गल्तीले छोरीको भविष्य बर्बाद भयो, अर्कातिर दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाइदियो ।’

समाचार्श्रोत : ईकन्तिपुर डट कम

अन्तिम पटक अध्यावधिक गरिएको 488 Viewed

प्रतिक्रिया दिनुहोस्