पोखरामा बुधवार थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु ठेगाना खुल्न नसकेका ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जना १ ६४ वर्षीय पुरुष तथा १ ६४ वर्षीय महिला रहेका छन् ।

पोखरा २ का ५ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३, ३८, ३९, ४५ र ६५ वर्षीय रहेका छन् ।

वडा नम्बर ४ का ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४, ३८ र ४३ वर्षीय महिला हुन् ।

पोखरा ५ का ३ जना २५, ३४ र ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ का ३ जना २ जना २६ र ३३ वर्षीय महिला तथा १९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का ५ जना १५ वर्षीय १ युवती तथा ४ जना १८, २६, ३९ र ४७ वर्षीय ४ जना पुरुष रहेका छन् ।

पोखरा ८ का ११ जना ५ जना १२ वर्षीय बालिका, ३१, ३८, ४४ र ५२ वर्षीय महिला तथा ६ जना ३०, ३६, ४२, ४३, ५० र ६६ वर्षीय पुरुष रहेका छन् ।

वडा नम्बर ९ का ६ जना ३ जना १९, ३४ र ४९ वर्षीय पुरुष तथा २६, २९ र ४२ वर्षीय ३ जना महिला रहेका छन् ।

पोखरा १० का २ जना २२ र ८६ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ का ३ जना ३२ वर्षीय १ जना पुरुष तथा २६ र ६० वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ का ३ जना ३२ वर्षीय १ जना पुरुष तथा ३४ र ९२ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का २ जना ३९ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का ७५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का २ जना ४८ वर्षीय १ जना पुरुष तथा २७ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको हो ।

पोखरा १७ का ८ जना ३ जना ३०, ३३ र ६३ वर्षीय पुरुष तथा ५ जना २०, २२, २८, ५१ र ७९ वर्षीय ५ जना महिला रहेका छन् ।

पोखरा १८ का ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १९ का ६ वर्षीय बालक सहित १७ र ३८ वर्षीय पुरुष सहित पछिल्लो तथ्यांक अनुसार सो वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २५ का ७० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २७ का ४३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २८ का २८ र ३४ वर्षीय २ जना पुरुष रहेका छन् ।

पोखरा ३३ का ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको आँधीखोला गाउपालिका वडा नम्बर ६ का ३४ वर्षीय १ जना, अर्जुनचौपारी गाउँपालिका १ का ६१ वर्षीय १ जना, पुलतीबजार नगरपालिका वडा नम्बर १४ का ३९ वर्षीय १ जना तथा स्याङ्जा ११ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ का २७ तथा वडा नम्बर ९ का ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८ हजार १ सय ४ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1006 Viewed

प्रतिक्रिया दिनुहोस्