हलो जोतिरहेकी निर्मला थापा

नाम : निर्मला थापा
पेशा : सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध)
घर : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट

निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन । त्यसो लाग्नु पनि अस्वभावीक हैन । तर निर्मलाको हलोको कथा निक्कै घत लाग्दो छ । एक्ली आमाकी एक्ली छोरी निर्मला जब खेतिपातीको सिजन आउँछ यसरी नै हलो समातीरहेकी हुन्छीन । उनको घरमा अर्को हलो समात्ने मान्छे नभएर मात्रै हैन उनलाई यो समाजसंग बिद्रोह गर्नुछ । छोरीले पनि सबै काम सक्छन भन्ने पुस्टी गर्नुछ । अक्सर उनि छोरा मान्छेले गर्ने सबै काममा अग्रसर भैरहेकही हुन्छीन ।

उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नको लागि मात्रै हलो समातेकी हैनन् । यानकी लाइक कमेन्ट बटुल्न पोस्ट गरेकी हुन । केहि बर्षदेखि निरन्तर हलो जोत्दै आइरहेकी निर्मलाका कथा हलोको सियो जस्तै लामा छन । एक्ली आमाकी एक्ली छोरी निर्मलाका लागि यो कर्म रहर मात्रै नभएर अहिले बाध्यता समेत भएको छ ।

झट हेर्दा अब्बल कृषक जस्तै लाग्ने निर्मला थापा एक संचारकर्मी हुन । तर उनि हलोसंग साउति गर्न थालेको पनि बषौँ भैसकेको छ । उनको परिचय संचारकर्मीले मात्रै अपुरो हुन्छ । उनि एक शसक्त सामाजिक अभियान्ता समेत हुन । जाजरकोटका बिभन्न संघ संस्थामा आबद्ध उनि सामाजिक परिचालिकाकी रूपमा समेत चर्चित छन ।

जाजरकोटमा रहेका बिभिन्न संघ संस्थामा काम गरेर आफनो क्षामता अब्बल प्रस्तुत गरिसकेकी उनि सबै काम गर्छिन । सानै संघर्ष गर्दै हुर्किएकी निर्मला थापाको परिबारमा निर्मला र आमा मात्रै छन । साथै उनि कुसेन्युज डटकमसंग आबद्ध रहेकी छन ।

आमाका साथमा निर्मला थापा

साभार www.kusenews.com

अन्तिम पटक अध्यावधिक गरिएको 277 Viewed

प्रतिक्रिया दिनुहोस्