जाजरकोटमा महिला तथा बालबालिका लक्ष्यित सौर्य उर्जा जडान अभियानको घोषणा

जीवन रुपान्तरण अभियानका अभियन्ता नरबहादुर कार्कीले सुदुर पश्चिमको जिल्ला जाजरकोटका विद्यार्थीलाई लक्ष्यित गरेर सौर्य उर्जा जडान अभियान शुरु गर्ने घोषणा गरेका छन्। उनले गएको मध्यराती आफ्नो फेसबुक स्टाटसमार्फत त्यस्तो अभियान शुरु गर्ने घोषणा गरेका हुन्।

सामाजिक अभियन्ता कार्कीले बाल्यकालमा तातोपानीको अभावमा नुहाउन नपाउदा बालबालिकाले भोगिरहेको पीडालाई अघि सार्दै लेखेका छन्, “पोलिस्टरको आकासे रङ्को एक्सरो मैलो लुगा सँग पढ्न बहुत गाह्रो हुन्छ र नुहाउन पनि रुनु पर्ने हुन्छ । लिखा जुम्रा सँग कन्याउदै पढ्दै गर्न त झन गाह्रो हुन्छ ।” आफ्नो अभियान सफल भएमा उनले बालबालिकाहरु रमाएर सफा सुग्घ्घर हुने’ बिस्वास व्यक्त गरेका छन्।

उनले आफ्नो स्टाटसमा झन्डै पाँच महिना अत्ती नै चिसो हुने जाजरकोटका गाउहरुमा सौर्य उर्जाबाट पानी तताउने प्रणाली (सामुदायिक ब्यबस्थापन) हुने गरी राख्ने पहल गर्न लागेको जानकारी दिंदै यो परिक्षण सफल भएमा हिमालि तथा उच्च पहाडी जिल्लाका महिला बालबालिका केन्द्रित गरी लुगा धुन र नुहाउन मिल्ने गरी सामुदायिक न्यानो स्नान केन्द्र बनाउन सकिने आफ्नो तर्क अघि सारेका छन्।

सामाजिक अभियन्ता कार्कीले अन्तमा महिला तथा बालबालिकाका लागि लक्ष्यित गरेर अघि सारिएको आफ्नो योजनामा सहयोग र समर्थन गर्न तथा साथ् दिन उनले सबैलाई आग्रह गरेका छन्। त्यति मात्र हैन,उनले आफ्नो गाउँमा यस्तो अभियान संचालन नै गर्न अपिल पनि गरेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 403 Viewed

प्रतिक्रिया दिनुहोस्