
Spread the love
कास्की । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्की पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जाका १४ जना र लमजुङका २ जना छन् ।
पोखरा महानगरकामा थपिएका मध्य ५ जना गण्डकी मेडिकल कलेजमा उपचारका लागि आएका बिरामी हुन् त्यसै गरि मणिपाल र चरकमा उपचारका लागि आएक एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यो सगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।
