Spread the love

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सात कर्मचारीमा कोरोना संक्रमण देखिएको छ भने पोखरामा कार्यरत थप एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो ३.३० बजे गरेको कोरोना अपडेटमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सात जना कर्मचारी र थप एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ।

निर्देशनालयका अनुसार, संक्रमण पुष्टि हुनेमा पोखरा महानगर वडा नं ५ का ३५ वर्षीय पत्रकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै पोखरा ८ का ५६ वर्षीय पुरुष, १० की २८ वर्षीया महिला, १७ का २४ र २५ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा २४ का ३८ वर्षीय पुरुष, पोखरा चरक मेमोरियलमा उपचाररत ३१ वर्षीय पुरुष र ७० वर्षीया महिला, गण्डकी मेडिकलमा उपचाररत ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिला पनि कोरोना संक्रमित बनेको निर्देशनालयले जनाएको छ।

यीसंगे गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजा कालीगण्डकीका ३३ वर्षीय पुरुष, तनहुं घिरिङ ४ का २० र ४३ वर्षीय पुरुष, नवलपुर विनयत्रिवेणीका १६ र ५५ वर्षीय पुरुष तथा २०, २३ र ३८ वर्षीया महिला, लमजुङ सुन्दर वजारका १९ महिनाका बालक देखि ५० वर्ष उमेर समुहका ८ पुरुष तथा २१ वर्ष देखि ५२ वर्ष उमेर समुहका ८ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८ सय ४५ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 104 Viewed

प्रतिक्रिया दिनुहोस्