सिपी गजुरेल

नेपालमा फेरी अर्को जनआन्दोलनको आवश्यकता रहेको ठहर गर्दै मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत २० वटा राजनीतिक दलहरुले कार्यगत एकताको घोषणा गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

संघर्षको कार्यक्रम घोषणा गर्ने राजनीतिक दलहरुमा मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सिपी मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च, रबोंद्र श्रेष्ठ नेतृत्वको नेकपा (बोल्शेविक), लोककृष्ण भट्टराई नेतृत्वको नेकपा माक्र्सवादी (पुष्पलाल), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रवादी केन्द्र, नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), र ने.क.पा. (माओवादी) रहेका छन् ।

उल्लेखित २० राजनीतिक दलहरुको आसोज २४ गते सम्पन्न बैठकले नेपालमा फेरी अर्को जनआन्दोलनको आवश्यकता रहेको ठहर गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । उनीहरुले कार्यगत एकताको घोषणा पनि गरेका छन्।

प्रधानमन्त्री के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको निष्कर्ष निकाल्दै यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महसुस भइरहेको ठहर गरिएको छ।

२० पार्टीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तरगत अगामी असोज २९ गते १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने हुने भएको छ ।

संगठनका तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गरिनेछ ।’ प्रदर्शनका दौरानमा कोभिड–१९ सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने सहमति गरिएको छ ।

बैठकले नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन सरकारसँग जोडदार माग गरेको छ ।

२० राजनीतिक सङ्गठनको कार्यगत एकता बैठकको प्रेस विज्ञप्ति

२० राजनीतिक सङ्गठनको कार्यगत एकताको बैठक यही २०७७ आश्विन २४ गते सम्पन्न भयो । उक्त बैठकले लिएका केही महत्वपूर्ण निर्णयहरुबारे यस प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
१) के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको छ । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महशुस भइरहेको छ । अर्कातिर कोरोनाको कहरबाट आक्रान्त नेपाली जनता सङ्क्रमण बढ्न जाने किसिमको आन्दोलनमा सावधानी अपनाउनुपर्ने विषयमा पनि सचेत भएको पाइन्छ । यी सबै पक्षमाथि ध्यान दिँदै हाललाई सङ्घर्षसम्बन्धी निम्न निर्णयहरु लिइएको छ ः–
(क) एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै यही आउँदो आश्विन २९ गते दिनको १ बजे माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने । यस दौरानमा कोभिड–१९ सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने ।
(ख) केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको छ ।
२) नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
३) २० राजनीतिक सङ्गठनहरुको कार्यगत एकतामा ने.क.पा. (माओवादी) लाई पनि समावेश गरिएको छ । अब यो २१ सङ्गठनको कार्यगत एकता बनेको छ ।
बैठकका सञ्चालक सी.पी. गजुरेलले यतिखेर नेपालमा विद्यमान सरकार र राज्यव्यवस्थाको समेत विकल्पको खोजी भइरहेको अवस्थामा हामीले आत्मगत शक्तिको तयारी गर्दै एउटा भरपर्दो विकल्प प्रस्तुत गर्ने काममा सक्रियतापूर्वक लाग्न सबैसँग अनुरोध र अपिल गर्दै, बैठकमा उपस्थित भएर यसको सफलतामा योगदान पु¥याउनु हुने सबैलाई धन्यवाद दिँदै बैठकको समापन गर्नुभयो ।
कार्यगत एकतामा आवद्ध सङ्गठनहरु ः
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल
५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र),
८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी
(माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) ।
अभिवादन सहित !

सी.पी. गजुरेल
(२० राजनीतिक सङ्गठनहरुको तर्फबाट)
मिति ः २०७७ आश्विन २५ गते ।

अन्तिम पटक अध्यावधिक गरिएको 103 Viewed

प्रतिक्रिया दिनुहोस्