पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पती

एकातिर कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ भने अर्कातिर गण्डकी प्रदेश सरकार र सम्बन्धित निकायहरुको लापरवाहीकाकारण पोखरा महानागरपालिका वडा नम्बर २७ का जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको जोखिममा परेका छन्।

प्राप्त समाचार अनुसार, कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसवुकमा बुधबार बेलुका स्टाटस लेख्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको जनाएका छन् ।

फेसवुक स्टाटसमा उनले कोभिड–१९ बिरुद्धको विगत ८ महिनादेखिको संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतताका साथ सहभागि हुँदाहुँदैपनि अनपेक्षित रुपमा संक्रमण भएको उल्लेख गरेका छन् । उनले आफूहरुको आत्मविश्वास र दृढ ईच्छाशक्तिले एकान्तवासको अवधि छोटिएर चाँडै कोरोनालाई जित्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरु होम आइसोलेसनमा रहँदामापनि महानगर कार्यालयमा रहँदा गरिने स्वास्थ्य सम्बन्धी काम आफ्नो स्वास्थ्यले साथ दिएसम्म गर्ने प्रतिबद्धता जनाएका छन् ।

आचार्यले कोरोनासँग बच्न साबधानी र सतर्कता अप्नाउन महानगरवासी सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेका छन् ।

यता स्वाब दिएको २४ घण्टामा रिपोर्ट दिने घोषणा गरेको गण्डकी प्रदेश सरकार र ऊमातहतका सम्बन्धित निकायहरुले नौ दिनसम्म स्वाब परीक्षणको नतिजा उपलब्ध नगराउदा खरा महानागरपालिका वडा नम्बर २७ का जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको जोखिममा परेका छन्।

कात्तिक शुरु भएलगत्तदेखि रुघाखोकी, ज्वरोसँगै सामान्य ढाड दुखाईको अनुभूति गरेका पोखरा २७ का एक जनप्रतिनिधिले कोरोना परीक्षणका लागि कात्तिक ४ गते मंगलबार पिसीआर टेस्टका लागि स्वाब दिएका थिए। २४ घन्टाभित्र आउने भनिएको स्वाब परीक्षणको रिपोर्ट नआएपछि ती जनप्रतिनिधि दशैं बाहेकका दिनमा खुरु खुरु वडा कार्यालय आए।

जब दशैं बिदा सकियो। सबै जनप्रतिनिधि र कर्मचारी पनि कात्तिक १२ गते बुधबार वडा कार्यालयमा हाजिर भए। ती जनप्रतिनिधि पनि वडा कार्यालयमा हाजिर गर्न पुगे। तर स्वाब परीक्षण गर्न दिएको नौ दिनपछि उनीलाई कोरोना संक्रमण भएको खबर आयो। त्यस खबरले वडा कार्यालयमा कार्यरत अन्य जनप्रतिनिधि र कर्मचारीहरु त्रसित बनेका छन्। जनप्रतिनिधि र कर्मचारी मात्र होईन सेवाग्राहीसमेत जोखिममा परेका छन् । सो वडामा दैनिक सयौं सेवाग्राही त्यस वडा कार्यालयमा सेवा लिन आउने गर्छन। ती सबै जोखिममा परेका छन्।

जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछी पोखरा महानगरपालिकाको वडा नम्बर २७ को कार्यालय अर्को सुचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 569 Viewed

प्रतिक्रिया दिनुहोस्