खगेन्द्र छन्त्याल

महान माक्र्स भन्नुहुन्छ- एउटा देशमा क्रान्तिकारीहरु धेरै हुन्छन तर क्रान्तिकारी संगठन एउटा मात्र हुन्छ । मलाई लाग्छ क्रान्तिकारीहरु एकीकृत हुनुपर्दछ भन्नेनै कार्ल माक्र्सको यस भनाईको जोड हो । अवस्य बिबिध कारणले गर्दा क्रान्तिकारीहरु विभिन्न ठाउमा छरियर रहेका हुनसक्दछन । क्रान्तिको निम्ति सबै क्रान्तिकारीहरु एकीकृत हुनैपर्दछ र एउतै क्रान्तिकारी संगठनको घेरा भित्र गोलबन्द हुनु पर्दछ । क्रान्तिकारीहरु एकीकृत हुने विभिन्न माध्यमहरु जस्तै ः पार्टी पुनरगठन ,धुर्विकरण र पार्टी एकता हुन । ति मध्य धुर्विकरण र पार्टी एकता मुख्य हुन् ।

क्रान्तिकारी सिद्दान्त ,क्रान्तिकारी बिचार ,क्रान्तिकारी द्रिस्तिकोण ,क्रान्तिकारी कार्यनीति र क्रान्तिकारी रणनीतिको आधारमा बिधमान क्रान्तिकारी संगठनमा क्रान्तिकारी व्यक्ति तथा समुहहरु निसर्त गोलबन्द हुनु क्रान्तिकारी धुर्विकरण हो । ठुलो माछाले सानो माछालाई निले झैँ विभिन्न खाले विचार ,व्यक्ति र समुहलाई क्रान्तिकारी संगठनले सरलक्क निलेर त्यसवाट क्रान्तिकारी संगठनले क्रान्तिकारी उर्जा प्राप्त गर्नु क्रान्तिकारी धुर्विकरणको सार हो ! क्रान्तिकारी सिद्दान्त ,राजनीति र विचार,दृस्टीकोणलाई हुबहु स्वीकार र अङ्गीकार गरेर नै क्रान्तिकारी धुर्विकरण सम्भव हुन्छ । कुनै सामान्य बैठकमा जस्तो क्रान्तिकारी सिद्दान्त ,राजनीति र विचार,दृस्टीकोणमा रिजर्भ बसेर ,फरकमत राखेर वा नोट अफ डिसेन्ट लेखेर या कुनै सर्त राखेर क्रान्तिकारी धुर्विकरण सम्भव हुदैन ।

पार्टी र क्रान्तिको आवस्यकता र पात्रको क्षमता भन्दा बाहिर रहेर सांगठनिक जिम्मेवारीको अग्रिम माग राखेर ,दावी गरेर पनि क्रान्तिकारी धुर्विकरण सम्भव हुदैन ! क्रान्तिकारी धुर्विकरणमा पार्टी र क्रान्तिका हित भन्दा बाहिर व्यक्तिगत या समुहगत कुनै सर्त र सम्झौता हुदैनन् । हरेक नेता,कार्यकर्ताहरुको क्षमता अनुसारको जिम्मेवारी र कार्यकुशलता अनुसारको सम्मान क्रान्तिकारी धुर्विकरणको मर्म हो ! मेशिनमा पुर्जाहरु फित गर्दा जुन पुर्जा जहा फित गर्नुपर्ने हो त्याहा त्यो पुर्जा फित गरेर मात्र मेशिनले उचित काम गर्न सक्दछ ।यदि एक ठाउमा फित गर्नुपर्ने पुर्जा अर्को ठाउमा फित गरियो भने मेशिनले सहि ढंगले काम गर्ने होईन त्यो मेशिनले दुर्घटना निम्त्याउछ । ठिक त्यस्तै पार्टी संगठनमा पनि जो व्यक्तिलाई जे जिम्मेवारी दिदा ठिक हुन्छ त्यही जिम्मेवारी दिनुपर्ने हुन्छ अनि मात्र पार्टी संगठनको काम सहि ढंगले अगाडी बढ्न सक्दछन हो, क्रान्तिकारी धुर्विकरणमा ठिक त्यही हुन्छ । तर पार्टी एकतामा त्यो सम्भव नहुन् सक्दछ ।

विभिन्न पार्टीहरु बीच हुने संस्थागत एकतालाई नै पार्टी एकता भनिन्छ । क्रान्तिकारी धुर्विकरणमा सिद्दान्त,राजनिति, बिचार ,दृस्टीकोण तथा संगठनको क्षेत्रमा दृढता प्रधान र लचकता गौण हुन्छ । त्यसको बिपरित पार्टी एकतामा सिद्दान्त,राजनिति, बिचार ,दृस्टीकोण तथा संगठनको क्षेत्रमा दृढता गौण र लचकता प्रधान हुन्छन । पार्टी एकतामा विभिन्न समुहहरु बीच सोलोडोलो एकता हुन्छन ! एकता प्रक्रिया द्वारा माथि देखि तल सम्म एकता सम्पन्न गरिन्छन । यहि क्रममा नै क्रान्तिकारी सिद्दान्त ,राजनीति ,बिचार ,दृटिकोण तथा क्रान्तिकारी सङ्गठनात्मक प्रणालीमा जान अन्जानमै सम्झौता हुने गर्दछ र एउटा क्रान्तिकारी संगठनको क्रान्तिकारितामा ह्रास आउन सुरु गर्दछ ।

एकतामा शक्ति हुनेगर्दछ त्यसैले परिवर्तनकामी आम जनता क्रान्तिकारीहरु बीच एकता भएको देख्न चाहन्छन । क्रान्तिकारीहरु बिचको एकताले क्रान्तिको आधार निर्माण गर्दछ ! त्यसकारण क्रान्तिकारीहरु बिचको एकता आवस्यकता पनि हो । तसर्थ पार्टी एकताका कैयौ उज्याला पक्षहरु हुन्छन त्यसलाई कुनैपनि क्रान्तिकारीले अस्विकार गर्न सक्दैन । परन्तुः पार्टी एकताका अध्यारा पक्षहरु पनि हुन्छन जसलाई क्रान्तिकारीहरुले नाचाह्दा नचाह्दै हजम गर्नुपर्ने बाध्यता हुन्छ !
पार्टी एकता एउटा सम्झौता हो त्यसकारण क्रान्तिकारीहरुले एकताको निम्ति कहिलेकाही सिद्दान्त,राजनीति,विचार ,दृस्टीकोणमा पनि सम्झौता गरेको ईतिहास भेटिन्छन ! त्यसकारण कहिलेकाही पार्टी एकताको अध्यारा पक्षहरु सिद्दान्त,राजनीति,विचार ,दृस्टीकोणमा पनि देखिने भएतापनि खास गरि सांगठनिक क्षेत्रमा बढी देखिने गरेको पाईन्छ ।

पार्टी एकताको सहयात्री पार्टीहरु मध्य कतिपय पार्टीहरु सांगठनिक हिसावले अत्यन्तै कम्जोर हुन्छन । ति पार्टीहरुको देशभरको सांगठानिक स्थिति अर्को सहयात्री पार्टीको एउटा इलाका समितिको जत्तिको पनि हुदैनन् । संख्यात्मक हिसावले ति पार्टीहरुको पार्टी सदस्य मुस्किलले ३-४ दर्जन पनि हुदैनन ! फेरिपनि सम्मानजनक पार्टी एकताको नाममा देशभर हजारौ पार्टी सदस्य र सयौ स्थानीय संगठन भएका पार्टी र अत्यन्तै कमजोर सांगठनिक स्थिति र नगन्य पार्टी सदस्यहरु भएका पार्टीहरु बीच एकता हुदा दुवै पार्टीको हैसियत बराबरी मापन गरिन्छ र सबै कुराहरु बराबरीमै टुंगो लगाईने गरिन्छ ।

यद्दपि कसैको नाम मात्रको हुन्छन त कसैको कामकाजी तथापि पार्टी एकतामा समाहित सबै पुर्व पार्टीहरुका केन्द्रिय ,प्रदेश तथा स्थानीय सांगठनिक संरचना बनेका हुन्छन । सबै पार्टीले केन्द्रिय ,प्रदेश तथा स्थानीय समितिहरु निर्माण गर्दा पार्टी सदस्यको निश्चित स्तर निर्धारण गरियका हुन्छन ! जस अनुसार सबै तहको समितिको सदस्य बन्नको निम्ति एउटा निश्चित पृष्ठभूमि र स्तर आवस्यक हुनु स्वभावीक हो । तर पार्टी एकतामा समाहित सबै पार्टीहरुको केन्द्र,प्रदेश र स्थानीय समितिको सदस्यहरुको पृष्ठभूमि र स्तर आ–आफ्नो समिति अनुसार समान हुदैन । त्यसोत उही पार्टीको एउतै समितिका सदस्यहरुको स्तर पनि तराजुमा जोखे झैँ समान हुदैनन अलिकति तलमाथि हुन्छ नै । तर कतिपय ठाउमा एकता प्रक्रिया द्वारा बनेको एकीकृत समितिको ,समान हैसियतका सदस्यहरुको पृष्ठभूमि र स्तर धर्ति आकास बिचको असमानता जस्तै देखिन्छन । एकतामा समाहित एउटा पुर्व पार्टीको केन्द्रिय समितिको सदस्यको पृष्ठभूमि र स्तर अर्को पुर्व पार्टीको जिल्ला सदस्य सरह पनि नरहेको देखिन्छन । तैपनि सम्मान जनक एकताको नीति अनुसार सबै पार्टीको सबै समितिहरु आ–आफ्नै ठाउमा एकीकृत हुनु अर्थात केन्द्रिय समिति ,प्रदेश समिति र स्थानीय समिति आ–आफ्नै तहमा एकीकृत हुनु अस्वभाविक होईन।

एकातिर कुनै पार्टीका केन्द्रिय सदस्य आफु केन्द्रीय सदस्य हुनु अघि क्रमश : जबस-मोर्चा ,समर्थक समुह ,उम्मेदवार सदस्य ,पार्टी सदस्य ,सेल,वडा, गाउ,टोल ,ईलाका, जिल्ला ,प्रदेश हुदै केन्द्रिय समिति सम्म आईपुग्दा १० देखि ३० बर्ष सम्म लगातार काम गर्दै खारिदै र आफुलाई तिखार्दै आयका देखिन्छन ! अर्को तिर कुनै पार्टीका केन्द्रीय सदस्य तलतिर कुनै समितिमा र जवस-मोर्चामा कहिल्यै काम नगरी एकाएक नया पार्टी गठन गरि एकैपटक केन्द्रिय सदस्य हुदै एकीकृत पार्टीको केन्द्रिय सदस्य बनेर आयको देखिन्छन । याहा सम्म कि ४-५ बर्ष पहिले कुनै पार्टीको जनबर्गिय संगठनको ईकाई समितिमा रहेर कहिलेकाही संघर्षको कार्यक्रममा देखिने व्यक्ति एकाएक नया पार्टी गठन गरि नया पार्टीको केन्द्रिय सदस्य बनेर पुन : पुरानै पार्टी संग पार्टी एकता गरि एकीकृत पार्टीको केन्द्रिय सदस्य बनेका घटनाहरु पनि भेटिन्छन ।

त्यस्तै गुटगत मानसिकतालाई पार्टी एकताले अघोसित प्रसय दिनेकाम गर्दछ। पार्टी एकता पश्चात लामो समय सम्म पुर्व पार्टी समुहहरुको अघोसित गुट कायम रहिरन्छ र त्यसले क्रान्तिकारी विचार निर्माण र नीति निर्माणमा असर गरिरहेको हुन्छ ।

पार्टी एकताको कारण पार्टी भित्र देखिने यसप्रकारका असहजता र अप्ठ्याराहरु नै पार्टी एकताका अध्यारा पक्षहरु हुन् । यसप्रकारका असहजता र अप्थ्याराहरुले असंख्य निर्मम र संगिन प्रश्नहरु पैदा गर्दछन । जुन वेला कुनै व्यक्ति एउटा जबसको ईकाई समिति सदस्य थिय त्यो वेलाको उनको नेता रहेको अर्को व्यक्ति दशौ बर्षको अथक संघर्ष पश्चात बल्ल तल्ल जिल्ला सदस्य सम्म पुगिरहदा बिगतको आफु मातहतको कार्यकर्ता सतकट बाटो बात केन्द्रिय सदस्य बनिरहेको देख्दा ति जिल्ला सदस्यको पार्टी र क्रान्ति प्रतिको आस्थामा कस्तो असर पर्ला ? तल्ला समितिहरुमा रहेर संगठन निर्माण र विस्तारका ज्ञान,अनुभव र अनुभूति बटुल्न छुटेका व्यक्ति जो एकै चोटी केन्द्रिय सदस्य बनेर आयका हुन्छन तिनले बनाउने संगठन कस्तो बन्ला ? करिव ३० बर्ष लगातार पार्टी र क्रान्तिका पक्षमा कामगर्दै आयका र एकैपटक माथिल्लो कमिटीमा आयका व्यक्तिहरु बिच हेराई,बुझाई र काम गराईका सवालहरुमा कसरि एकरुपता कायम हुन सक्ला ?

अवस्य एउटा क्रान्तिकारीले पार्टी सदस्यता ग्रहण गरेदेखि तल्ला समितिहरुमा काम गर्दै ,अन्तर संघर्ष तथा वर्ग संघर्षहरुमा खारिदै केन्द्र सम्म आईपुग्दा लामो सृंखला पार गरेको हुन्छ । समयको हिसावले पनि उसले केन्द्रिय सदस्य बन्दा सम्म कमसेकम ३० बर्ष पार्टीमा काम गरेर आयको हुन्छ । त्यस्ता व्यक्तिले संकटको वेलामा पनि पार्टी र क्रान्तिलाई घात गर्दैनन । किनकि पार्टी र क्रान्ति प्रतिको तिनको आस्था अटल बनिसकेको हुन्छ र उनीहरु पेशेवर क्रान्तिकारी बनि सकेका हुन्छन ! उनीहरुको नशा नशामा पार्टी र क्रान्ति दौडिरहेको हुन्छ । उनीहरुको निम्ति सपना र बिपना सबै पार्टी र क्रान्ति बनिसकेको हुन्छ । तर तल्ला समितिहरुमा कहिल्यै काम नगरेका , एकै चोटी माथिल्लो समितिमा आयका र केन्द्रिय सदस्य बने पश्चात मात्र पार्टी सदस्यता प्राप्त गरेका व्यक्तिहरुको बारेमा त्यहीकुरा सत्य हो भन्न सकिदैन । एउटा क्रान्तिकारीले पार्टी सदस्यता प्राप्त गर्ने देखि केन्द्रिय समितिमा चयन हुदा सम्म हजारौ परिक्षाहरु उतिर्ण गरेको हुनुपर्दछ अनि बल्ल उ क्रान्तिको निम्ति योग्य नेता प्रमाणित हुन् सक्छ । त्यस्ता हजारौ परिक्षा उतिर्ण गरेर बनेका पाका नेतृत्वहरु नै सिद्दान्त ,पार्टी र क्रान्ति प्रतिको आस्था र निष्ठाको महत्व तथा अन्तर संघर्ष र वर्गसंघर्षका महत्वका साथै संगठन निर्माण र विस्तारका महत्ववारे जानकार हुन्छन । र उनीहरु पार्टीको एउटा असल पुर्जा बन्न सक्दछन ।

यसर्थ : वास्तवमा क्रान्तिकारीहरु एकीकृत हुनको निम्ति क्रान्तिकारी धुर्विकरण नै उत्तम उपाय हो । तथापी पार्टी एकताको ढोका पनि बन्द गर्नुहुदैन । क्रान्तिकारी धुर्विकरण वाट क्रान्तिकारीहरु एकीकृत हुने सभावना नदेखिएमा पार्टी एकताको पहल लिनुपर्दछ ! निस्चय नै अवसरवादी प्रकारको पार्टी एकताले पार्टी र क्रान्तिलाई समाप्त गर्दछ । त्यसकारण क्रान्तिकारीहरु अवसरवादी प्रकारको पार्टी एकता वाट सधै सतर्क हुनुपर्दछ । साथै पार्टी एकताको परिस्थितिजन्य बाध्यताले सिर्जित पार्टी एकताका अध्यारा पक्षहरुलाई चिर्दै क्रान्तिकारी पार्टीले आफ्नो बिरासत जोगाउदै निरन्तर क्रान्तिको मार्गमा आफुलाई समर्पित गरिरहनु आजको आवस्यकता हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 135 Viewed

प्रतिक्रिया दिनुहोस्