विकास मल्ल

नेपाली राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा पुन: विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मल्ललाई दोस्रो पटक गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि विश्वकप छनोटका बाँकी खेलका लागि साउन २० गते मल्ललाई नै गोलकिपर प्रशिक्षकको मिम्मेवारी दिएको थियो । तर विश्वकप छनोटका खेल २०२१ सम्म स्थगित भएपछि एन्फाले उनलाई दिएको जिम्मेवारी फिर्ता लिएकाे थियो ।

अब नेपालले कात्तिक २८ र मंसिर २ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने छ र सो खेलको गोल किपर प्र्शिक्षकको भूमिका मल्लले निभाउने छन्।

यसैबीच एन्फाले बंगलादेशसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रशिक्षण तयारी थालेको छ । नेपाल सरकारबाट प्रशिक्षण अनुमति पाइसकेको एन्फाले अब दशैँको बिदा सकिए लगत्तै प्रशिक्षण थाल्ने जनाएको छ । यसअघि नै प्रशिक्षणको तयारी थालेको एन्फाले कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पद खालि रहेको छ । स्विडिस मुख्य प्रशिक्षक जोहान कालिन स्वदेश फर्किएकाले मुख्य प्रशिक्षक नियुक्त गर्नु पर्नेछ । त्यस्तैगरी राष्ट्रिय टोलीको जिम्मेवारी भने सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नै दिइएको छ । यसअघि पनि नीउनी नै सहायक प्रशिक्षक थिए । अब चाँडै नै मुख्य प्रशिक्षक पनि नियुक्त गर्ने एन्फाले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्