बैकल्पिक साता चलाइरहेको दाबी गरिरहेको बिलब नेत्रोत्वको नेपाल कम्युनिस्ट पार्टीले वर्तमान वर्तमान कथित दुई तिहाइको सरकारविरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिएकाले सङ्घर्ष गर्नुपरेको प्रस्ट पार्दै बिप्लवले सरकारविरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।

महासचिव विप्लवले जारी गरेको बिज्ञप्तिमा उल्लेख भएका तीनदिने सङ्घर्षका कार्यक्रमहरुमा २०७७ कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोधजुलुस प्रदर्शन रहेका छन् ।

पार्टीले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई साथ दिन सम्बन्धित सम्पूर्ण पक्षलाई आह्वान गर्दै बिज्ञप्तिमा अघि भनिएको छ, “राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ ।’

वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन् पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेकाले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेको ठहर पनि बिज्ञप्तिमा छ।

‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको” भन्दै त्यस बिज्ञप्तिमार्फत सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गरिएको छ।

‘विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासचिवको विज्ञप्तिमा भनिएको छ,”हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ । उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

नेकपाले घोषणा गरेको सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ :

२०७७ कात्तिक १५ गते कोणसभा
२०७७ कात्तिक १७ गते पर्चा वितरण
२०७७ कात्तिक २० गते विरोधजुलुस

नेकपाले सङ्घर्षका लागि यसप्रकार नारा तय गरेको छ :

आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर ।
कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर ।
भ्रष्टाचारीलाई कारबाही गर । 

विज्ञप्तिको पूर्णपाठ….

अन्तिम पटक अध्यावधिक गरिएको 51 Viewed

प्रतिक्रिया दिनुहोस्