घोडाघोडी नगरपालिकाका मेयर र उपमेयरबिचको बिबाद

कैलालीको घोडाघोडी नगरपालिकामा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीच गाइजात्रॆ तालले सार्वजनिक कार्यक्रममा झगडा भएको छ।

सत्तारुढ नेकपाको एक दल तत्कालिन नेकपा एमालेका तर्फबाट बिजयी बनेका मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीच शनिबार सार्वजनिक कार्यक्रममै झगडा भएको हो।

घोडाघोडी नगरपालिका वडा नम्बर सातमा निर्मित भवनको मेयर ममताप्रसाद चौधरीले अनावरण गरिरहेको अवस्थामा उपमेयर प्रेमकुमारी थापाले अनावरण गरिएको शिलापत्रमा घन हानेर तोडफोड गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

अनावरण गरिएको शिलालेखमा उपमेयरको नाम नलेखिएको विषयमा बिबाद चर्किंदा भवन उद्घाटन कार्यक्रममा उपमेयर थापाले कार्यक्रममै ढुंगा र मुक्का प्रहार गरेकी हुन् ।
दुवै जनप्रतिनिधिहरू पूर्व एमालेबाट स्थानीय तह निर्वाचन विजयी भएका हुन् । स्थानीयका अनुसार पार्टीमा मेयर नेकपा अध्यक्ष केपी ओली गुटका र उपमेयर वरिष्ठ नेता माधव नेपाल गुटका भएकाले विवाद भइरहन्छ । गुटको झगडाले सार्वजनिक कार्यक्रममा यस्तो रमिता भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 39 Viewed

प्रतिक्रिया दिनुहोस्