विश्वब्यापी कोरोनाको कहरका बीच पर्यटकीय नगरी पोखरामा नेपाली मात्रको महान चाड बिजया दशमीको लहर देखा परेको छ ।

घटस्थापनाका दिन जमरा राखेर शुरु भएको बिजया दशमीमा पर्यटकीय नगरी पोखरामा चल्पाहलका शुरु भएको हो।

फु’टपाथमा सस्तो कपडा तथा अन्य सामाग्री बेच्ने साना व्यवसायीहरु बग्रेल्ती देखिएका छन् भने भेडा र च्यांग्रा अनि खसी बोका पनि पोखरा भित्रिरहेका छन् ।
नेपालमा कोरोनाले भरखर उग्र रुप लिईरहेको अवस्थामा त्यसको ख्याल नै नगरी जनता दशैंका लागि सामान खरीद गर्न लागिपरेका छन् । तर गत वर्षको जस्तो उत्साहजनक उपस्थििति भने देखिदैन ।

जनताको सेवामा खटिने सुरक्षाकर्मीहरु पनि निरन्तर रुपमा खटिईरहेका छन् । दशैंको रमाइलो हेर्न र सामान खरीद गर्ने नाममा बजारमा ओइरिएका जनताले कोरोना फैलिन नदिन त्यति धेरै सुरक्षा सतर्कता अपनाएको देखिंदैन । न त त्यहा भौतिक द’री कायम भएको छ, न म’खमा मास्क र सेनिटाइजरको प्रयोग नै भएको छ । कतिपयले त मास्कसम्म लगाएको देखिदैन ।

यस्तै परिस्थिति रहने हो भने बिजयमा दशमीकाबीचमा नै कोरोना भाइरस अनिन्त्रित भई भयावह स्थिति आउन सक्ने देखिन्छ । यसतर्फ सम्बन्धित पक्ष र निकायको ध्यान जान’पर्ने देखिन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 103 Viewed

प्रतिक्रिया दिनुहोस्