उषा खनाल

कलाकार र समाजसेवि बन्ने चहाना बोकेकी नायिका उषा खनाल अहिले यहि क्षेत्रमा निरन्तर लागिरहेकी छन् । पछिल्लो समय व्यस्त रहेकी नायिका खनालले विगत आधादशकदेखि नेपाली कलाक्षेत्रमा आफ्नो कलाकारिता पस्कदै आईरहेकी छन् ।

डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी खनाल निर्माणधिन चलचित्र ‘बीर बहादुर’मा अनुवन्ध भएकी छन् । पश्चिम, दाङमा जन्मेकी उनले स्कुले जीवनदेखि नै सडक नाटक र साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गरेको बताउँछिन् । चलचित्र ‘बीच बाटो’बाट करियर शुरु गरेकी उनले चलचित्र ‘झमेला’, ‘लाले’, ‘खतरनाक’, आदिमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘बदलेकी आग’, ‘दि आर्टिष्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनले काम गरेकी छन् ।

उनले दुबई, मलेशिया, युरोपको विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आईरहेकी छन् । कलाकार भएपछि चलचित्रको कथालाई न्याय हुन्छ भने जस्तोसुकै दृश्य दिन पनि आफु पछि नपर्ने उनको भनाई छ । मिलनसार स्वभाव, स्पष्ट ब्यवहारका कारण सुटिङ युनिटमा उनी सबैको प्यारो हुने गर्छिन।

उनी लभ म्यारिज पनि हैन फुल्ली अरेन्ज म्यारिज पनि हैन लभ पछी मागेर गरिने अरेन्ज म्यारिज मन पराउछिन । उनलाई लुकमा मात्र देखिने ह्यान्डसम युवा मन पर्दैन उनलाई बानीव्यहोरा र स्वभाब राम्रो भएको युवा मन पर्छ रे ।

उषा खनाल

उषा खनाल

अन्तिम पटक अध्यावधिक गरिएको 180 Viewed

प्रतिक्रिया दिनुहोस्