मान्छे मारेर भागेका कास्की जिल्लाको मिजुरेडाँडा गाविस वडा नं. ४ निवासी वर्ष ३८ का ठकुरी माहिलो १९ वर्षपछी पक्राउ परेका छन् l हाल  मादी गाउँपालिका ३ बस्ने ठकुरी माहिलो भन्ने मन बहादुर शाहीलाई प्रहरीले उनकै घरबाट गएराती पक्राउ गरेको हो l

२०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गा.वि.स. वडा नं. ८ माझटीमा अमिर बहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेपश्चात उनीहरु भागेका थिए l सो हत्या पश्चात फरार रहेका उनलाई प्रहरीले कर्तब्य ज्यान मुद्दा चलाएको थियो भने  सर्वोच्च अदालतले उनलाई कर्तव्य ज्यान मुद्वामा २० वर्ष कैद सजायको फैसला गरेको थियो ।

१९ वर्षपछी पक्राउ परेका ठकुरी माईलालाई  प्रहरीले आजै कास्की जिल्ला अदालतमा पेश गरेकोमा थुनुवा बन्दीका रुपमा कास्की जिल्ला कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1004 Viewed

प्रतिक्रिया दिनुहोस्