
तपाईंको सम्बन्धबिच्छेदको भएको हो भन्छन् नि, कसरी ?
हो, कसरी बिग्रियो मलाई पनि थाहा भएन । मैले राम्रो गर्दागर्दै पनि सम्बन्ध राम्रो हुन नसकेपछि सम्बन्ध बिच्छेद भएको हो ।
कतै ‘इगो’को समस्या त होइन ?
ममा तँ इगो केही थिएन । हामी एक अर्कामा धैरै विश्वास गर्दथ्यौं । किन आघात भयो मलाई थाहा छैन ।
यो सम्बन्ध बिच्छेदले तपाईंको करिअरमा कत्तिको असर पर्ला ?
असर गर्छ जस्तो लाग्दैन । जीवनमा उतारचढाव आइरहन्छन् । सम्बन्ध बिच्छेद गर्ने म मात्र एक्लो व्यक्ति होइन । पीडामा बस्नु भन्दा पनि राम्रो काम गरेर व्यस्त हुन चाहन्छु, डिभोर्स भएपछि करिअर अघि बढिरहन्छ ।
अचानक यस्तो घटनाले जीवनमा कस्तो असर ग¥यो ?
पाउनु÷गुमाउनु आफनो ठाउँमा छ । जीवनमा जति उतारचढाव आए पनि आफ्नो काम निरन्तर गर्नु नै पर्छ । म मेरो काममा कुनै पनि मेरो व्यक्तिगत कारणले असर पार्दिनँ । काम आफ्नो ठाउँमा छ, व्यक्तिगत जीवन आफ्नो ठाउँमा छ । म आफनो कामलाई व्यक्तिगत कारणले डुबाउन चाहन्नँ । विवाहपछि मैले काम गरेको होइन, विवाह अघि नै मेरो करिअर सुरु भइसकेको थियो, अब पनि चलिनै रहन्छ ।
धेरै नायिकाहरुको वैवाहिक जीवन उतारचढाव देखिन्छ, किन होला ?
अरुको कारणबारे त मलाई थाहा छैन । मेरो बारेमा भन्नुपर्दा सायद हाम्रो मायामा बैरीको आँखा लागेको हुनुपर्छ ।
पछिल्लो समय तपार्इं सिनेमामा भन्दा पनि म्युजिक भिडियोमा नै बढी व्यस्त देखिनुहुन्छ, नि किन ?
थौरै समयमा मिठो काम गर्न पाउने भएर हो । तर, चलचित्रमा पनि कामहरु आइरहेका छन्, मैले गरेका चलचित्रहरु पनि सफल भएका छन् ।
कामको चाप कत्तिको छ ?
छ, म्युजिक भिडियो, इभेन्ट र चलचित्रको कामहरु आइरहेका छन् ।
कुन चलचित्रमा व्यस्त हुनुहुन्छ ?
केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेसमा व्यस्त छु । लगभग काम सकिएको छ ।
चलचित्रभन्दा पनि नेपाल आइडल कार्यक्रमबाट तपार्इं धैरै चर्चित हुनुभयो, होइन ?
हो, ‘रियालिटी सो’ भएकाले धैरैले हेर्ने भएकोले पनि होला ।
तपार्इं आफूलाई नायिका मोडल, पत्रकार या के भन्न रुचाउनु हुन्छ ?
खासमा म पत्रकारिताबाट यस क्षेत्रमा आएको हुँ । त्यसपछि अलग–अलग काम गर्न थाले । जुन रुपले काम गरे पनि मेरो क्षेत्र ग्लामरस नै भएको हिसाबले मलाई जुन काम गर्छु भन्दा पनि फरक पर्दैन ।
पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सोचेजस्तो नभए पनि सन्तुष्ट छु । भर्खर मात्र त करिअर अघि बढेको छ, अझ धेरै गर्नुछ ।
कलाकार बन्नको लागि सुन्दरता महत्वपूर्ण कि अभिनय ?
दुवै कुरा कला क्षेत्रको लागि एकअर्काका पूरक हुन् ।
अबका तपाईंका योजनाहरु के के छन् ?
अहिलेलाई यही कलाक्षेत्रमा नै राम्रो भन्दा पनि राम्रो काम गर्ने सोच राखेको छु । नयाँ भावी योजना केही पनि छैन ।