क्रान्ति शाह / वीरगन्जः

नयाँ सीमास्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरुहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् ।

दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका–१ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेको थियो ।

भारतमा पुगेको नेपाली जग्ग्गा धनीहरुले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा नापी विभागले बाँकी पिलरहरुको मर्मत र पुनर्निर्माण रोकेको हो । पीडित जग्गा धनीहरुले नयाँ पिलर गाडेपछि लाजपूर्जा भएको नम्बरी जग्गा भारतमा परेको भन्दै निवेदन दिएपछि तत्कालका लागि पिलर मर्मत र पुनर्निर्माणको काम रोक्न जिल्ल प्रशासन कार्यालयले नापी विभागको टोलीलाई आग्रह गरेपछि काम रोकिएको हो ।

‘विवादित सीमाक्षेत्रबारे टुङ्गो नलागेसम्म पिलर मर्मत र पुनर्निर्माणको काम अगाडि नबढाउन प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको छ’, शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ल अधिकारी विनोद प्रकाश सिंहले भने, ‘स्थानीय जग्गाधनीहरुलाइ चित्त बुझाएर मात्रै काम अगाडि बढ्छ ।’

विवादी सीमाक्षेत्रको स्थलगत अध्ययनका लागि काठमाडौँबाट नापी विभागका निर्देशक अनिल मरासीनीको टोली शुक्रबार वीरगन्ज आइपुगेपछि शनिवारदेखि उक्त टोलीले स्थलगत अध्ययन शुरु गर्ने नापी विभागका प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिए ।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरहरुको मर्मत र निर्माण गर्ने क्रममा छपकैयामा स्थानीय रवीन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको ३० बिघा भन्दा बढी नम्बरी जग्गा भारततर्फ गएपछि विवाद भएको छ ।

३९२ नम्बरको जङ्गे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलरमध्ये १२ वटा पिलर स्थानीयको लालपुर्जा भएकै जग्गामा परेको छ । नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमाउल्लेख गरिएको सीमा नक्शांकनका आधारमा अहिले पिलर निर्माण भइरहेको थियो ।

तर वीरगन्ज–१ छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेपछि स्थानीयले वर्षौँदेखि भोगचलन गर्दै आएको ३० बिघा भन्दा बढी जग्गा भारततर्फ पर्न गएको हो ।

पिलर गाड्ने क्रममा स्थानीयसँग सुझाव समेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्साको भर परेकाले आपूmहरुको जग्गा भारतमा पर्न गएपछि काम रोक्न माग गर्दै विरोधमा उत्रनुपरेको पीडित जग्गाधनी रवीन्द्र महतो कोइरीले बताए । उनको खेतमै नयाँ पिलर राखिएपछि चार कठ्ठा नम्बरी जग्गा भारततर्फ पर्न गएको छ ।

नयाँ पिलर राख्दा १२ नेपालीको ३० बिघा नम्बरी जग्गा भारतमा !

नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १२ स्थानीयको करिब ३० बिघा नम्बरी जग्गा नै भारतमा मिसिन गएको हो।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरको मर्मत र निर्माण गर्ने क्रममा स्थानीय रविन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको गरेर करिब ३० बिघा नम्बरी जग्गा, नयाँ पिलर निर्माणपछि भारत तर्फ पर्न गएको हो। ३९२ नम्बरको जङगे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलर मध्ये १२ वटा पिलर स्थानीयको लालपूर्जा भएकै जग्गामा परेको छ।

नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमा उल्लेख गरिएको सीमा नक्शाको आधारमा अहिले पिलर निर्माण भइरहेका बेला वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि स्थानीयले बर्षौदेखि भोग चलन गर्दै आएको करिब ३० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको हो।

पिलर गाड्ने क्रममा स्थानीयसँग कुनै राय सुझावसमेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्शाको आधारमा मात्रै पिलर राख्न लागिएकाले आपूmहरुको जग्गा भारततर्फ पर्न गएको पीडित जग्गाधनीले बताएका छन्।

नेपाल सरकारले पुस्तौदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गामै पिलर गाडेकाले आपूmहरुले मालपोत कर समेत तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनु पर्ने अवस्था आएकोपीडित जग्गधनी मध्ये रवीन्द्र महतो कोइरीले गुनासो गरे।

‘यदि यो जग्गा भारतकै थियो भने नेपाल सरकारले हामीलाई लालपूर्जा किन दियो त ?’ कोइरीले प्रश्न गर्दै भने, ‘आफ्नो नाममा रहेको जग्गामा पिलर गाड्न लागेको देखेपछि मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमासमेत जानकारी गराउदा पनि कुनै सुनुवाइ नगरी नेपाल सरकारले नम्बरी जग्गामा पिलर गाडेपछि हामी विरोध गर्न बाध्य छौँ।’

सँगै स्थानीय महावीर दासको नाममा रहेको कित्ता नम्बर ४८ र १४ को जग्गा पनि नयाँ पिलर गाडिएपछि अब भारतमा पुगेको छ। छपकैयाकै बद्री साह कानुको कित्ता नम्बर ४५, ५२ र ६५ गरी तीन कित्ताको जग्गा पनि नयाँ पिलर निर्माण गरिएपछि साहले पनि आफनो पुस्तैनी जग्गा गुमाएका छन्।
अहिलेसम्म त हामी नेपाली थियौं, तर अब हाम्रो पुस्तौनी जग्गा भारत तर्फ परेपछि हामी नेपाली वा भारतीय नागरिक को हौं भन्ने अन्यौलमा परेका छौँ, साहले भने, ‘यहा भारतको त कुरै छाडौ नेपाल सरकारले नै हामीलाई यो देशको नागरिक बन्नबाट बन्चित गर्दैछ।’

पीडित जग्गाधनीले पिलर गाड्ने क्रममा भारतमा पर्न गएको आफ्नो जग्गाको नेपाल सरकारले उचित मुअब्जा र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरेका छन्। नेपाल भारतको संयुक्त सर्वेक्षण टोलीले सन् १८४० को नक्शालाई आधार मानेर दशगजा क्षेत्रमा हराएका पिलरको निर्माण र जीर्ण पिलरहरुको मर्मत गर्दै आएको छ।

पर्सा र बारामा पर्ने नेपाल भारतको सीमा क्षेत्रमा नेपाल सरकारले पाच सय ८२ र भारत सरकारले आठ सय ५१ वटा पिलर निर्माण र मर्मत सम्भारको काम गर्दै सन् २०१५ देखि गर्दै आएको छ। नेपालको नापी विभागका तर्फबाट पर्सा बारामा खटिएको टोलीका प्रमुख एंव प्रमुख नापी अधिकृत रमेश ज्ञवालीका अनुसार पर्सा बारामा अहिलेसम्म नेपाली पक्षले दुई सय ९० वटा र भारतीय पक्षले ७९ वटा पिलरको निर्माण र मर्मत गरिसकेको छ।

सन् १८४० मा भएको सुगौली सन्धिमा उल्लेख गरिएको सीमा नक्शांकनको आधारमा अहिले पिलर राख्ने काम दुवै देशका तर्फबाट भइरहेको भन्दै ज्ञवालीको भनाइ छ। उनले केही क्षेत्रमा विवाद देखिएको स्वीकार गरे।

स्थानीय जग्गधनीले प्राविधिक कुरा बुझन नसकेका कारण विवाद देखिएको भन्दै उनले भने ,‘नयाँ पिलर गाड्ने र पुराना पिलर मर्मत गर्ने क्रममा नेपाल र भारत दुवै तर्फको केही नम्बरी जग्गा यता उता पर्न गएको छ , भारत तर्फ पर्न जाने नेपालीको जग्गाका धनी, कित्ता नम्बर, क्षेत्रफल इत्यादिको विवरणसहितको रिपोर्ट नापी विभागमा हामीले पोहोर साल नै पठाइसकेका छौँ, त्यसमा केही छुटफुट छ भने फेरि पनि हामी पठाउँछौ, हाम्रो काम पिलर राख्ने मात्रै हो, मुआब्जा र क्षतिपूर्ति दिने नदिने जिम्मेवारी सरकारको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 1004 Viewed

प्रतिक्रिया दिनुहोस्