Spread the love

उपेन्द्र खनाल तनहुँ / भारतीय सेनामा भर्ति गराइदिने प्रलोभन देखाइ एक व्यक्तिले ८८ लाख रुपैया लिएर फरार भएका छन् । आफु भारतीय सेनामा कार्यरत रहेको भन्दै तनहुँको भिमाद नगरपालिका वडा नम्बर ९ का १० जना युवालाई भारतीय सेनामा भर्ति गराई दिन्छु भन्दै सिलगुडि भारत घर वताउने कुमार कार्की सम्पर्क विहिन भएका हुन् ।

सोही ठाउँ घर भइ अहिले पोखरामा होटल गरेर बसेका राम बहादुर थापालाई प्रयोग गरी कुमार कार्की नाम बताउने ती व्यक्तिले ५ लाख देखि ८ लाख ५० हजार रुपैयाँ सम्म लिएर फरार भएका हुन् । फागुन २२ गते पोखराको भारतीय पेन्सन क्याम्प अगाडी होटल गरेर बसेका थापासँग परिचित ति व्यक्तिले उनै थापालाई प्रयोग गरि युवाहरुबाट उक्त रकम लिएर भाग्न सफल भएका हुन् ।

आफु भारतबाट भारतीय सेनाको लागि डकुमेन्ट संकलन गर्न आएको भन्दै ती युवाहरुलाई आफ्नो बसमा पार्न सफल भएका थिए । ‘गाउँघर कै व्यक्तिसँग आएपछी होलानी भनेर विश्वास गरियो । तर, पछि आफुहरु ठगिमा परियाे , चिन्तित हुँदै रवि थापा मगरले भने । ’ वैशाख २९ गते भानुमतिका विशाल सार्की ,रवि थापा मगर , रोशन गोतामे लगायतका १० जना युवाहरुलाई भारतीय सेनामा आफ्नो मान्छे छ भन्दै भर्ति गरिदिने आश्वासन सहित रकम लिएर सम्पर्क विहिन भएको पिडित रोशन गोतामेका वावु देउ वहादुर नेपालीले भने ।नया पत्रिकामा खबर छ।

अन्तिम पटक अध्यावधिक गरिएको 1000 Viewed

प्रतिक्रिया दिनुहोस्