Spread the love

सेनाको जीपको अगाडि कश्मिरी युवालाई बाधिएको एउटा भिडियो निकै भाइरल भएको छ । ढुंगा नहानोस् भनेर सेनाले आफ्नो गुडिरहेको जीपको अगाडिको भागमा एक युवकलाई बाँधेको थियो । यो भिडियो ट्वीट गर्दै जम्मु कश्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भनेका छन्, म कश्मिरमा सीआईपीएफको जवानमाथि भएको हातपातको डिभियाले उत्पन्न आक्रोसलाई बुझ्न सक्छु । तर, आर्मीको जीपमा बाँधिएका कश्मिरी जवान देखेर मानिसहरुले त्यति नै आक्रोस किन आएन, यसले चिन्तित छु ।’

सेनाले यो भिडियोबारे छानविन भइरहेको बताएको छ । सामाजिक सञ्जालमा भने भारतीय सीआईपीएफको जवानमाथि भएको हातपातको भाइरल भिडियोको जवाफका रुपमा हेरिएको छ । यो भिडियोमा सुन्न सकिन्छ कि ढुंगा हान्नेहरुको यहि हाल हुनेछ ।’

अन्तिम पटक अध्यावधिक गरिएको 1018 Viewed

प्रतिक्रिया दिनुहोस्