एनसेलले राज्यलाई तिर्नुपर्ने बाँकी करबारे किन तीन दलका नेताहरु मौन छन् भन्ने कुरा  भएको छ । त्यसको गुढी कुरा एनसेलले तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुलाई अबौं रकमको भाग छुट्याइदिएपछि उनीहरू ‘तै चुप मै चुप’को अवस्थामा रहेका हुन् ।

वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसपछि लगालग प्रदेश र केन्द्रको निर्वाचन पनि हुनेछ । लगातारको निर्वाचनका लागि चुनाव खर्च जुटाउन राजनीतिक दलहरुलाई सजिलो छैन ।

सत्तामा रहेका दुई ठूला दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले त नीतिगत रुपमै भ्रष्टाचार गरेर एनसेललाई ३३ अर्ब करबाट जोगाएका छन् । तर जानकार स्रोतको दावी छ यो प्रकरणमा प्रतिपक्ष नेकपा एमाले पनि सहभागी छ ।

तीन वटा निर्वाचनको खर्च प्रमुख तीन दललाई एनसेलले दिने आन्तरिक सहमति बनेको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियतामा एनसेललाई ३३ अर्ब तिर्नु नपर्ने निर्णय उनीहरुले क्याविनेटबाटै गरेका हुन् । चुनाव खर्च आउने भनेपछि राष्ट्रवादको चर्को नारा लगाइरहेको नेकपा एमाले पनि अहिले शान्त भएको छ ।

चुनाव खर्च एमालेले पनि पाउने बुझिएको छ । ३३ अर्ब रुपैयाँ छुट पाउने भएपछि एनसेलाई ५ – ७ अर्ब रुपैया फाल्न कुनै गाह्रो काम पनि होइन । त्यो रकम तीन दलले बाँडेर लिँदा पनि एक दलको भागमा २ अर्ब भन्दा बढी पर्छ । जुन निर्वाचनका लागि राम्रो स्रोत हुन सक्छ ।

यो प्रकरणको अर्को रोचक पक्ष पनि छ । प्रधानमन्त्री दाहालका व्यवासायिक पार्टनरका रुपमा चिनिने अजय सुमार्गीको ११ अर्ब रुपैया नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ । त्यो रकम निकाल्न नसकेर प्रधानमन्त्री दाहाल पनि दिक्क भइरहेका थिए । उनले ११ अर्ब रुपैया निकाल्ने प्रयास पनि नगरेका होइनन् । तर ११ अर्ब ननिस्के पनि अर्को जस्केलाबाट सुमार्गीलाई राहत दिन दाहालले ३३ अर्ब कर तिर्नु नपर्ने निर्णय गरेको बुझिएको छ ।

अजय सुमार्गीको नेपाल स्याटेलाइट कम्पनीले सरकारलाई डेढ अर्ब बक्यौता तिर्न बाँकी छ । टेलियासोनेराले नै यो कम्पनी साइप्रसको एअरवेल कम्पनीलाइ बेचेको हो । जसरी स्विडिसले एनसेल मलेसियाको एक्जियटालाई बेचे झै गरी । सुमार्गीसँग सम्बन्ध भएको एअरवेलले ८० प्रतिशत शेअर पुर्याउँदाको करमा अब छुट मिल्ने भएको छ ।

तीन दललाई एनसेलले राम्रो ढंगले व्यवस्थापन गर्ने भएपछि यी दलका नेताहरुले एनसेलबारे खासै बोलेका छैनन् ।

यी तीन दलको मुख एनसेलले बन्द गरिदिएपछि काले काले मिलेर खाउ भालेको शैलीमा मौन भएका छन् । बाहिर जनताबाट आउने विरोधलाई थाम्न उनीहरुले बेला बेलामा एनसेलले कर तिर्नुपर्छ भनेर भाषण गर्छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 1004 Viewed

प्रतिक्रिया दिनुहोस्