Spread the love

नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका पोलिटब्युरो सदस्य सन्तोष बुढामगरले दश वर्षको जनयुद्ध पछिको विकसित परिस्थितिमा प्रचण्ड क्रान्तिकारी कार्यदिशा विकासमा असफल र किरण अन्योलमा रहँदा विप्लवको नेतृत्वमा नयाँ र क्रान्तिकारी कार्यदिशा एकीकृत जनक्रान्तिको विकास हुन पुगेको बताएका छन् ।

समकालीन परिस्थितिमा प्रचण्ड र किरणले नेपालको वस्तुस्थितिमा दीर्घकालीन जनयुद्धको सिद्धान्तलाई सही कार्यदिशाका रुपमा अंगीकार गरेपनि त्यसलाई विकास गर्न नसक्दा जनयुद्धले सफलता हात पार्न नसकेको नेता सन्तोष बुढाले बताएका छन् ।

पार्टीको मुखपत्र जनक्रान्तिमा वैचारिक लेख लेख्दै नेता बुढाले पछिल्लो समयमा बस्तुस्थिति बदलिदा पनि प्रचण्ड र किरणको दिमागमा कुनै परिवर्तन नआउन सक्दा माओवादी आन्दोलनले गति लिन नसकेको बताएका छन् ।

नेता बुढाको भनाईमा क्रान्तिकारी विचारको विकासमा प्रचण्ड र किरणले जोड दिनुको साटो उल्टो प्रचण्ड विचलित भएर दक्षिणपन्थी कित्तामा भास्सिन पुगेको र किरण अन्योल र अर्कमन्यतामा फस्न पुगे ।

माओवादी जनयुद्धको केन्द्रभाग रोल्पाका प्रमुख नेताका रुपमा स्थापित सन्तोष बुढामगर जनयुद्धको मुख्य नेता प्रचण्ड आएको विचलनलाई पछिल्लो नेतृत्व पंक्तिले समयमै चिन्न सक्दा जनयुद्धले ठूलो धक्का भोगेको तीतो अनुभव प्रस्तुत गरेका छन् ।

पार्टीको मुखपत्रजनक्रान्तिमा ‘एकीकृत जनक्रान्ति र दुई छलाङको सिद्धान्त’ शीर्षकमा सन्तोष बुढा लेख्छन्–

‘समकालीन परिस्थितिमा पुष्पकमल दाहाल र किरणहरुले नेपालको वस्तुस्थितिमा दीर्घकालीन जनयुद्धलाई नेपाली क्रान्तिको कार्यदिशाका रुपमा अंगीकार गरे तर यसले सफलता प्राप्त गर्न नपाउँदै जनयुद्धले क्षति व्यहोर्नु प¥यो । एक ढंगले प्रतिक्रान्ति भयो । इतिहासले मुल्यांकन गर्न बाँकी नै छ तर व्यवहार र सिद्धान्तको कसीबाट हेर्दा नेतृत्वले सिद्धान्तको परिणाम नै नेतृत्वको असफलता र अक्षमता हो । यसलाई जनयुद्धको पराजय र असफलता भन्न सकिन्छ तर जनयुद्ध नै गलत थिएन । यसमा विकास गर्नमा मूल नेतृत्व असफल देखिन्छ ।’

जनयुद्धको सिद्धान्त चीनको सन्र्भमा प्रयोग भएर सफल भएको सिद्धान्त भएपनि नेपालको भुमिमा यसलाई थप विकास गरेर लैजानु पर्नेमा अघिल्लो नेतृत्व पंक्ति असफल भएको नेता बुढाको आरोप छ । यसबारे बुढा मुखपत्रमा लेख्छन् –

‘जब वस्तुस्थिति बदलियो, सिद्धान्तले विकास गरेन । पुरानैमा घुम्न थाले । जब कि विज्ञानले एउटा सफलतापछि त्यसको प्रयोग र नयाँ सिद्धान्तको संश्लेषणको माग गर्दछ । जनयुद्ध र जनविद्रोहको सिद्धान्तलाई नेपालमा जस्ताकोतस्तै प्रयोग गर्नु यान्त्रिक अन्धानुकरण मात्र हुन्थ्यो । अलिकति नयाँ नबनाइकन त्यसले सफलता प्राप्त गर्न सक्दैनथ्यो । त्यसअर्थमा नेपालमा माओको सिद्धान्तलाई नेपाली माटोमा प्रयोग गर्दा अलिकति नयाँ पनसँगै प्रयोग गरियो र सफलताहरु पनि प्राप्त हुँदै आए ।’

देशी विदेशी प्रतिक्रियावादीहरुले पछिल्लो समयमा क्रान्तिकारीहरुका विरुद्ध विकास गरेको सैन्य रणनीति र अरु कयौं चुनौतिहरुलाई सामना गर्न क्रान्तिकारी नेतृत्वले गर्न नसकेको नेता सन्तोष बुढाले मुखपत्रमा सविस्तार चर्चा गरेका छन् ।

उनी लेख्छन् – ‘जब देशी विदेशी प्रतिक्रियावादीहरुले यसको चरित्रलाई बुझे, उनीहरुले आफ्नो प्रतिक्रियावादी युद्ध सैन्य रणनीतिको प्रयोग गरे । त्यसबेला जनयुद्धले पनि आफ्नो सैन्य रणनीतिमा थप विकास गर्न जरुरी पथ्र्यो, त्यो नेतृत्वले गर्न नसक्दा जनयुद्धले क्षति व्यहोर्नु प¥यो । प्रचण्डले यसैबेला नयाँ सिद्धान्तमा विकास गर्नेभन्दा पनि फेरि अर्को रसियामा सफल मजदुर क्रान्तिको अनुभव विद्रोहको तरिका अवलम्बन गर्न पुगे । त्यसैले पनि बल्ड्याङ खायो । हुनुपर्ने के थियो भने जारी जनयुद्धलाई फेरि नयाँ संश्लेषण गरी जनयुद्धको सिद्धान्तमा थप विकास गरेर नयाँ यद्धरणनीतिका साथ फेरि नयाँ उचाइबाट प्रयोगमा जानुपर्दथ्यो । परिस्थितिले सिद्धान्तको विकासको माग गरिसकेको तर उही पुरानैलाई घरि यो र घरि त्यो गर्दा क्रान्ति असफल हुन गएको सत्य हो ।’

जनयुद्धको सिद्धान्त सहि हुँदाहुँदै पनि यसलाई बदलिएको परिस्थितिमा विकास गर्न नसक्दा नेपालको क्रान्तिले असफलता भोग्नु परेको नेता बुढाको अनुभव रहेको छ । उनले चीनमा माओले विकास गरेको जनयुद्धको सिद्धान्त सही भए पनि नेपालको सन्दर्भमा ५० प्रतिशत मेल खान्थ्यो र ५० प्रतिशत अमेल खान पुग्दा अनि त्यसपछि नेतृत्वले विकास गरेर जान नसक्दा जनयुद्धले असफलता व्यहोर्नु परेको तर्क राख्छन् ।

यसबारे उनी लेख्छन् –

‘दीर्घकालीन जनयुद्धको सिद्धान्त तत्कालीन चीनको समय सन्दर्भमा सही र सफल सिद्धान्त थियो । नेपालमा प्रयोग गरिरहँदा हामी अलि भिन्नै परिस्थिति र समय सन्दर्भमा थियौं । सालाखालामा भन्दा ५० प्रतिशतसम्म जाँदा यसले सफलता प्राप्त गर्दै गयो र ५० प्रतिशत परिस्थिति भिन्न अवस्थामा आयो । ५० प्रतिशतसम्म जाँदा यसले सफलता प्राप्त गर्दै गयो । जब ५० प्रतिशतमा नयाँ प्रयोग गर्नु पर्ने समय आयो यसबेला नेतृत्व यान्त्रिक भौतिकवादभन्दा माथि उठ्न सकेन । यो वस्तु परिस्थितिअनुसार योजनामा विकास गर्नुपर्ने सिर्जनशील माक्र्सवादलाई छाडेर यान्त्रिक भौतिकवादको सिकार बन्न पुग्यो ।’

त्यसपछि के भयो ? नेता बुढाका अनुसार प्रचण्ड र बाबुरामहरु अत्तालिन थाले । यसबारे उनले सविस्तार चर्चा गरेका छन् –

‘जसका कारण नेतृत्व आफैं अत्तालियो । पूरानो विचार र कार्यदिशाबाट सकेन, नयाँ विचारको विकास गर्न पनि सकेन, न त नयाँ तरिका नै अपनाउन सकेन । यसको अनिवार्य परिणति विचलन, सम्झौता र आत्मसमर्पण बन्न पुग्यो । नयाँका नाममा पुरानैलाई जस्ताको तस्तै प्रयोग गर्दाको परिणाम यो प्रतिक्रान्ति बन्न पुग्यो । जस्तै जनयुद्धको बाटोमा जब अवरोधहरु आउन थाले, उसले विद्रोहको कार्यदिशालाई कार्यनीति बनाउन थाल्यो । जब त्यसबाट पनि नसक्ने अवस्था आयो, मदन भण्डारीको बहुदलीय जनवादभन्दा पनि पछि हटेर संसदीय बुर्जुवा लोकतन्त्रको कार्यदिशा अपनाउन थाल्यो । परिणाम असफलतामा आयो ।’

– See more at: http://janapati.com/archives/11155#sthash.EF6xNAXx.dpuf

अन्तिम पटक अध्यावधिक गरिएको 993 Viewed

प्रतिक्रिया दिनुहोस्