मुख्य समाचार

सात र तीनबुँदे सहमतिको प्रयास असफल ! संघीय गठवन्धन प्रचण्डसँग शशंकित

सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस-माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच मंगलबार दिनभरको वार्तापछि पनि सहमतिमा हस्ताक्षर हुन सकेन । नेताहरुका अनुसार वार्ताका क्रममा तीन वटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका..

‘भारतीय दबाबमा’ ग्यास बुलेट खरिद प्रक्रिया रोकियो

भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लगाएको छ । साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लगाएको हो । मन्त्रालयले ग्यास बोक्ने..

रुट ईजाजतको पर्खाइमा विन्ध्यावासिनीका २७ वटा बस, पुरानो समितिको विरोध, पुनःटकराबको संकेत

पोखरामा नयाँ र पुराना यातायात ब्यवसायीको टकराब पुन: सुरु हुने संकेत देखिएको छ । ६ महिनाअघि पोखरा नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको नयाँ विन्ध्यावासिनी यातायात बस ब्यवसायी समितिका थप बस गुड्न तयार भएपछि पुरानो समिति पुन: आन्दोलित भएको छ । नयाँ समितिका थप बस रुट इजाजतको प्रक्रियामा गएपछि पोखरा बस ब्यवसायी समितिले विरोध जनाएको हो..

मकवानपुरमा बस दुर्घटना, ९ जनाको मृत्यु

मकवानपुरको मनहरीमा-३ स्थित रमनटारमा बिहान भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरकी एसपी मिरा चौधरीले जानकारी दिइन । काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस बिहान साढे ३..

कांग्रेस–माओवादी–गठबन्धन वार्ता, त्रिपक्षीय रोडम्यापको तयारी

आसन्न सत्ता साझेदार कांग्रेस–माओवादी आन्दोलनरत संघीय गठबन्धनसँग साझा ‘रोडम्याप’ बनाएर अघि बढ्ने भएका छन् । मधेसी मोर्चासहितको गठबन्धनले उठाएका २६ बुँदे माग सम्बोधन गरेर स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा जानेसम्मको उनीहरूको रोडम्याप छ । कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार भएको कांग्रेस–माओवादी–मोर्चा बैठकमा ‘मधेसका..

प्रचण्डलाई ओलीले भेट्न खोज्नुको सन्दर्भ सोधेर फर्काइदिए

राष्ट्रिय सहमतिको सरकार गठनका लागि भन्दै शनिबार दिउँसो आयोजित एमाले-माओवादी वार्ता विनानिश्कर्ष टुंगिएको छ । सहमतीय सरकारका लागि छलफल गर्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोज्नुको सन्दर्भ सोधेर फर्काइदिए । राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि समय दिएको र..

आयल निगममा ६२ करोड कमिसनको झगडा

गत साउन ५ गते आपूर्ति मन्त्रालयले निजी कम्पनीलाई ग्याँस बुलेट खरिद गर्न दिने प्रक्रिया अगाडि नबढाउन निर्देशन दियो । त्यसको भोलिपल्ट साउन ६ गते बिहीबार मन्त्रीपरिषद् बैठकले ईन्धन आयातका लागि अनुमति लिएका ९ कम्पनीको ईजाजत खारेज ग¥यो । ती दुवै कार्यका लागि प्रक्रिया अगाडि बढाएको एकसाता पनि वितेको थिएन । त्यही हलचल सेलाउन नपाउँदै निगमका..

आतंकवाद विरुद्ध चिनियाँ औषधि

विश्वशान्ति र विकास प्रयासको नेतृत्व गर्ने चीनको प्रयासले निकै हदसम्म अनुमोदन हासिल गरेको छ, अनौपचारिक रूपमा । यो प्रयास पक्कै पनि अर्थतन्त्र र सामरिक सुरक्षामा प्रतिस्पर्धी रहेको अमेरिकालाई पछाडि पार्दै सम्मानजनक नेतृत्व हासिल गर्नुतर्फ पनि लक्षित छ । प्रारम्भिक तथा अनौपचारिक रूपमा उसले अनुमोदन हासिल गरेको छ ‘वन बेल्ट, वन रोड'..

भारतले ठूला प्रतिरोधको सामना गर्नुपर्ने विप्लव माओवादीको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कोशी बाँधमा नेपालका माओवादी र अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर दमन गर्ने षडयन्त्र नगर्न भारतलाई चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको माओवादीलाई दमन गर्ने तानाबुना भारतले बुनेको माओवादीको ठहर छ । यो स्वम् भारतलाई नै आत्मघाती हुने विप्लव..

नेपालबाट १८ वटा गैंडा विदेश पुगे

सरकारले दुई साताअघि चीन सरकारलाई दुई जोडी (चारवटा) गैंडा उपहार दिने निर्णय गरेको छ । चीनले ती गैंडाका लागि बासस्थानसमेत बनाइसकेको नेपालका सरकारी अधिकारीहरुलाई जानकारी दिएको छ । अब बन्ने सरकारले यो उपहार चीन पठाउनुपर्नेछ । नेपाल सरकारले उपहारका रुपमा यसअघि विश्वका केही शक्तिशाली देशहरुलाई गैंडालगायतका जनावरहरु उपहार पठाउँदै आएको छ ।..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना