राजधानीबाट प्रकाशित

भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । ‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी..

निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता, मस्यौदामै अल्झिए दर्जन कानुन

आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रिय तहको निर्वाचन भईसक्नुपर्ने संवैधानिक बाध्यता रहेपनि त्यसका लागि आवश्यक झण्डै दर्जन कानुन अझै मस्यौदाकै क्रममा छन् । आजको नागरिकमा खबर छ । माघ ७ आउन करिब नौ महिनामात्र बाँकी रहेको अवस्थामा १३ विषयका कानुन तत्काल निर्माण गर्नुपर्ने भन्दै कानुन, न्याय तथा संसदीय मन्त्रालयअन्तर्गत..

जगदम्बा ग्रुपको यस्तो ‘बदमासी’

जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआकलन नगरीकनै होटेल हिल्टन निर्माणकार्य सुरु गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले उक्त बेहोराको प्रतिवेदन बुझाएपछि यस्तो रहस्य खुलेको हो । जगदम्बाले होटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्ड होटेलका मालिक रामअवतार गोयललगायत अन्यको घरमा क्षति पुगेको र..

राज्यको ‘कडा’ प्रतिपक्ष थबाङवासीले चुनावमा सहभागी हुन पार्टीसँग अनुमति मागे

पछिल्लो समयमा माओवादीको दसबर्से 'जनयुद्ध' को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको 'कडा' प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं 'टक्कर' लिने थबाङले माओवादी जनयुद्धमा 'हेडक्वार्टर' को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ 'कम्युनिस्ट' को गढ मानिन्थ्यो । सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ..

सरकारले सहुलियतमा दिएको करोडौंको इन्धन भारत तस्करी

भारतीय सीमा नजिकै पर्ने पर्साको धोबीनीमा रहेको इश्लाम आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा १२ हजार लिटर डिजेल बेचेको छ। त्यही पेट्रोल पम्पले अघिल्लो वर्षको चैतको पहिलो सातामा भने ६ हजार लिटर डिजेल मात्रै बेचेको थियो। भारतीय सीमासँगै जोडिएको बाराको इनर्वामालमा रहेको यश आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा तीन हजार लिटर डिजेल बिक्री..

अनलाइन निर्देशिकाको विरोध, महासंघद्वारा आन्दोलनको चेतावनी

नियमनको आवरणमा नियन्त्रण र हस्तक्षेप गर्ने प्रावधान राखेर सरकारले ’अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ ल्याएको छ। सञ्चारमाध्यम नियमन गर्ने सञ्चारसम्बन्धी ऐन नियम छाडेर सरकारले सुशासन सम्बन्धी ऐनमा टेकेर निर्देशिका ल्याएको हो। बिहीबार राजपत्रमा प्रकाशित भएको निर्देशिकामा न्यायिक परीक्षण नगरी सञ्चार माध्यम सञ्चालनमा..

पाँच सय कन्टेनर दुई महिनादेखि केरुङमा किन रोकिए ?

चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ ।चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र एजेन्टको..

संवैधानिक इजलास चाँडो गठन गर्न प्रधानन्यायाधीशलाई सर्वोच्चको परमादेश

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे,..

एक महिना नपुग्दै बिग्रेर थन्कियो निगमको नयाँ विमान एमए–६०

नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको छ । यो जहाज गत माघ १३ गते काठमाडौँ आएको थियो ।आजको नागरिक दैनिकमा खबरछ । ‘नयाँ वाई १२–ई..

नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति

नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ ।सन् २०१४ मा भएको नेपाल-भारत विद्युत् व्यापार सम्झौताको मर्मअनुसार हुनुपर्ने उल्लेख गर्दै उक्त निर्देशिकाप्रति सरकारले औपचारिक रूपमा पहिलोपटक आपत्ति..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना