राजधानीबाट प्रकाशित

नक्सा पासै नगरी राष्ट्रपति निवास

राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ। भवन निर्माण गर्दा काठमाडौं महानगरपालिबाट नक्सा पासको स्वीकृति अनिवार्यरूपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो। संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा..

चुनावमा जान मधेशी मोर्चालाई भारतको सुझाव

सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतका तर्फबाट दबाब दिइएको पाइएको छ। सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ। आजको नेपाल समाचारपत्र..

ट्रेकिङमा असावधानीकाकारण चिसोले आँखै अगाडि दुई साथी गुमे

साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन् । रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्‍यो । प्राकृतिक सुन्दरता,..

कर फर्छ्योटका नाममा २१ अर्ब ‘लुट’ , कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिए

सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट..

२०७३ः राजनीतिक उपलव्धिविहिन बर्ष

संविधान जारी भएर त्यसको कार्यन्वयन गरी मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बेला दलहरुको खिचातानीले २०७३ सालपनि राजनीतिक रुपमा निराशाजनक बर्षको रुपमा देखियो । संविधानको कार्यन्वयन गर्न मुलुकै पुर्नसंरचना हुनेगरी देखिने गरी प्रगति हुनुपर्नेमा केन्द्र, प्रदेश र स्थानीय तीन तहको चुनावको समेत सुनिश्चितता नहुदा यो बर्ष पनि..

ऐनकानुन लत्याउँदै अपारदर्शी तरिकाले मोटो रकम खर्च, बेरुजु ७२ प्रतिशतले वृद्धि

सरकारी निकायले प्रचलित ऐनकानुनको व्यवस्था लत्याउँदै अपारदर्शी तरिकाले मोटो रकम खर्च गरेको भेटिएको छ। विभिन्न सरकारी निकायले आर्थिक वर्ष २०७२/७३ मा करिब साढे ९७ अर्ब रुपैयाँ आर्थिक कानुन मिचेर खर्च गरेका छन्। 'आर्थिक कार्यविधि ऐन, २०५५' विपरीत अनियमित तरिकाले आर्थिक कारोबार गर्दा बेरुजुको रकम बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको..

महँगोमा किनेको बिजुली नै धेरै चोरी, यी हुन् बिजुली चोरी हुने क्षेत्र

भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत्त आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाको औसत विद्युत्त..

गृहमन्त्री र सचिवद्वारा सुराकीको नाममा जथाभावी खर्च, वर्षमै खर्चे ८३ लाख

गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गर्ने खर्चभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२-७३ मा गृहमन्त्रीले सुराकी खर्चका नाममा ५९ लाख तथा गृहसचिवले २४ लाख रुपैयाँ खर्च गरेका छन् ।..

दिउँसो जसलाई सलाम गरे बेलुका उनकै सलाम खाए

सोमबार दिउँसोसम्म डिआइजी प्रकाश अर्यालका लागि एआइजी डा. दिनेशचन्द्र पोखरेल संगठन प्रमुख थिए । अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा सलाम गर्दै अर्यालले डा. पोखरेललाई आफ्नो विभागको ब्रिफिङ गर्दथे । तर, बेलुका अर्याल प्रहरी मुख्यालय पुग्दा उनै डा. पोखरेलले अर्याललाई सलाम गरे । साँझ सरकारले अर्याललाई आइजिपी नियुक्त गरेको थियो । जसका..

प्रहरी हेडक्वार्टरकै पेट्रोल पम्पमा परिमाणभन्दा कम इन्धन बिक्री

सरकारी स्वामित्वमा रहेर सञ्चालित नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पले उपभोक्तालाई पेट्रोल बिक्री गर्दा तोकिएको परिमाणभन्दा कम बिक्री गर्ने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयको संयोजकत्वमा सोमबार अनुगमनका लागि खटिएको अनुगमन टोलीका अनुसार सो पेट्रोल पम्पले तोकिएको परिमाणभन्दा कम बिक्री वितरण गर्ने गरेको पाइएको हो । अनुगमन..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना